इटहरीमा थारु आयोगद्वारा भएको थारु समस्या कार्यक्रममा रेशम चौधरी बारे जिज्ञासा्

Wednesday, 12 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:=थारु आयोगकै नितिमा संका गर्दै पुर्वि थारुहरुले रेशम चौधरीको जन्मकैद प्रति सवाल गरेका छन् । संबैधानिक आयोगको रुपमा गठित थारु आयोगले मंगलवार सुझाव संकलन गर्ने क्रम्मा प्रदेश १ को तिन जिल्ला केन्द्रितगरी ईटहरीमा गरेको अन्तक्रियामा उपस्थित थारुहरुले दिएका सुझाव  कार्यन्ब्यन हुन नसक्ने संका गरेका हुन ।

थरुहट थारुवान संयुक्त संघर्ष समितिसंग सरकारले गरेको समझौता हालसम्म पुरा गर्न चाहेका छैन्न भन्दै थारु आयोगले संकल गरेको सुझाव सरकारले पुरा गर्ने भन्नेमा आशावादी नरहेको सहभागीहरुले बताएका छन् । अधिकारकालागी आन्दोलन गरेकालाई चोरी डकैतिको आरोपमा जेल चलान र रेशम चौधरीलाई निराधार हत्याको आरोपमा जन्मैक प्रतिको सवाल गरेका हुन् । रेशम चौधरीले थारु अधिकारकालागी लडे तर उन्लाई राज्यले जन्मकैद गरियो यसमा थारु आयोग नबोलेको त्यसतै आन्दोलनका क्रममा गरेका सम्झौतामा पनि चासो नदेखाएको आयोग प्रति सवाल गर्दै आयोगकै नितिमा कमि कमजोरी भएको गवन चौधरीले बताए ।

त्यसैगरी थारु आयोगमा गैर थारुको पनि कर्मचारी रहेकोले बाँकी रिक्तपदमा थारु हुनु पर्ने माग गरेका छन् । थारु आयोगमा गैरथारु कर्मचरी भएकोले अधिकार समेत संरक्षणमा बाधा पुग्ने सवाल गरेका छन् । त्यसैगरी ग्रामथानमा भौतिक आक्रमण रोक्न सुझाव दिएका छन् । २०७५ साल जेष्ठ १९ गते जग्गा कारोवारीले ईटहरी टेंग्राटोली स्थित बिच्छु धामि ग्रामथानमा आक्रमणगरी भत्तकाएको प्रति ध्यानआकर्षण गराएको थियो । ऐलानि जग्गामा रहेको ग्रामथान दर्ता प्रकृया तत्कालै चलाउनु पर्ने सुझाव दिएका छन् । जग्गा संरक्षणकारी निति ल्याई भईरहेको आक्रमण रोक्नु पर्ने सुझाव दिए ।



थारु बाहुल्य स्थानिय तहमा कामकाजि भाषा हुनुपर्ने बताएका छन् । जंग बहादुरकै पाला देखि भाषा संरक्षण नितिमा रोक लगाउदा थारु भाषा बिकास हुन नसकेको भन्दै अबका दिनमा भाषा संरक्षण पठनपाठन माध्यमबाट बिध्यलयबाटै हुनु पर्ने समाज सेवि तेजनारायण चौधरीले सुझाव दिए । भाषा लिपि शब्द नरहेकोले थारु भाषा बिकासमा बाधा परेको रामधुनी नगरउपप्रमुख सबिना चौधरीले बताईन् । थारु एकतामा कमि रहेको समेत भन्दै सांगठित रुपमा एक भएर जादा अधिकार सुरक्षित हुने उपप्रमुख चौधरीले बताईन् ।

छलफलमा थारु महिला अधिकारका सवालमा थारु महिला सभा केन्द्रिय सचिव सुसिला चौधरीले सुझाव दिईन् । थारु महिलाको छुटै आरक्षणको ब्यवस्था हुनु पर्ने माग गरिन् । लोक सेवा बिज्ञापनमा थारुको कोटा कटौति,गैर थारु संग बिहेगरी उन्का श्रीमति थारु कोटामा कार्यरत रहनु थारुकोलागी घातक रहेकोले आयोगबाट सच्याउन प्रस्ताव पेश गर्नु पर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी,थारु कल्याणकारिणी जिल्ला सभाका पदाधिकारी,शिक्षा प्रेमि दुर्गानन्द चौधरी,प्रमोद चौधरी,श्री प्रसाद चौधरी लगायतकाले थारुहरुमा आर्थिक,सामाजिक,सांस्कृति पक्षमा नितिगत संरक्षणकारी योजना ल्याउनु पर्ने सझाव दिए । 

आएका सुझावहरुलाई जवाफ दिदै थारु आयोगका अध्यक्ष बिषणु प्रसाद चौधरीले भने राज्यले आयोगलाई दिएको अधिकार,ऐनकानुनको दायरामा रहेर कार्य गर्ने जनाए । थारु अधिकार संरक्षणकालागी अगाडि बढ्ने प्रतिबद्धता गर्दै चौधरीले आयोग प्रति संका नगर्न पनि अनुरोध गरे । थारुहरुलेनै आयोगलाई संकाको दृष्टिले हेर्दा अझै समस्या सिर्जना हुन सक्ने आयोग प्रमुख चौधरीले बताए । रेशम चौधरीको घटना राजनितिक घटनानै रहेको आयोग प्रमुख चौधरीले दाबि गरे । यसलाई सामाधानकालागी पहल समेत गर्ने प्रतिबद्धता गरेका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu