प्रकाश चाैधरी थारुकाे संयाेजकतत्वमा थारु युवा सञ्जाल गठन/समुदायलाई सुसूचित गर्ने।

Monday, 10 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चा‌ैधरी,,
कपिलवस्तु:= कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएकाे छ । थारु हक, हित र अधिकारका लागि युवायुवती एकजुट भई अाफ्नाे समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिईएको हो।

प्रकाश चाैधरी थारुकाे संयाेजकतत्वमा चन्द्राैटामा बसेकाे बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेकाे विकृति र विसंगतिलाई चिर्नका लागि वर्तमान युवा पुस्ता जिम्मेवार हुनुपर्ने अभिप्रायले कार्यक्रम अायाेजना गरिएको बताइएको छ । पछिल्लो समय सम्बन्धित संघ संस्थाले थारुकाे नाम जाेड्ने तर विडम्बना उक्त समुदायलाई प्रयाेग गर्ने र फाल्ने कार्य मात्र गर्ने गरेका उल्लेख गर्दै साे समुदायका लागि माखाे समेत मार्न नसकेकाे भन्दै कार्यक्रममा बाेल्ने अधिकांश थारु अगुवाहरुले जिकिर समेत गरे ।

अहिले सम्म भएका हरेक गतिविधिमा सरकार लगायत शासक राजनितीग्यहरूले सिङ्गो थारु समुदायलाई डिभाइड एण्ड रूलकाे सुत्रकाे प्रयाेग गरि पत्न गर्ने वा लाली पपमा भुलाउँदै गैरहेकाेमा चिन्ता व्यक्त गर्दै अगामी दिनमा भने युवा सञ्जालले अाफ्नाे समुदायमा जनचेतनामूलक र सामाजिक कार्यमा समेत सरिक रहेर गाउँदेखि शहर सम्म जागरण अभियान र सचेतना फैलाउने युवा सञ्जालले जनाएकाे छ ।
थारु समुदायमा यस्ताे कार्यक्रम जरुरी थियाे र छ साे यस कार्यक्रम अायाेजना गरेमा खुसी व्यक्त गर्दै सञ्जालले गाउँघरमा रहेकाे अापङ्ग, गरिब, विपन्न परिवारलाई शैक्षिक लगायत सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने साथै थारु समुदायकाे बुलन्द गर्ने कुनै माध्यम नरहेकाे दुखेसो अगुवाहरुले व्यक्त गरेका थिए ।
 
हाल गठन गरिएको युवा संजाल कुनै राजनितीक नभएर थारु समुदाय स्पेसल रहेकाे उक्त कार्यक्रम प्रकाश चाैधरी थारुकाे संयाेजकतत्व र लक्ष्मण थारुकाे सहजिकरणमा ३३ जनाकाे कार्य समिति गठन गरेकाे र विभिन्न गाउँबाट थारु अगुवाहरूकाे सहभागीता रहेकाे थियाे ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu