क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनेर जारी गरिएको आवागमन नियन्त्रण आदेश ( एमसिओ )लाई खुकुलो बनाइने भएको छ ।
प्रधानमन्त्री मुहीद्दीन यासीनले आज बिहान विश्व श्रमिक दिवसको अवसरमा समाजिक संजाल मार्फत जनताको नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन।
उनले भने कोरोनालाई नियन्त्रणमा राख्न गत महिना मार्च १८ तारिखदेखिनै मेय १२ तारिखसम्मको लागी यहाँ लागू गरिएको आंशिक तालाबन्दी ( एमसिओ ) लाई मेय ४ तारिखदेखि खुकुलो बनाउने निर्णय भएको जनाइएको छ। मलेसियन सञ्चारसंस्था टिभी-३ ले समाचारमा उल्लेख गरेकाछ्न।
सम्बोधनमा उनले थप्दै भने कि केही आर्थिक र सामाजिक क्षेत्रमा फाईदाहुने क्रियाकलापहरू जारी राख्न अनुमति दिइनेछ् , किनभने हालसम्म एमसिओले देशलाई मलेसियन रिंगेट आरएम ६३ बिलियन घाटा पारेको छ यदि आंशिक तालाबन्दी अर्को महीनासम्म जारी रह्यो भने यो घाटा बढेर झण्डै रिंगेट आरएम १०० बिलियन सम्म पुग्नेछ। त्यसैले ४ तारिखदेखि, प्राय सबै आर्थिक क्षेत्रहरू समाजिकदुरी कायम गरि कामकाज गराउने सर्तका साथ खोल्न अनुमति दिइनेछ।
यद्यपि उनले भने कि सिनेमाघर, नाइट क्लब, मनोरन्जन केन्द्र, बजार र प्रदर्शनी,सामुहिक जमघट जस्ता अत्याधिक भीडभाडसँग सम्बन्धित व्यवसायलाई सञ्चालन गर्न अनुमति दिइने छैन। खेल गतिविधिहरू जस्तैः फुटबल, रग्बी, पौडी खेल्ने र इनडोर खेलकुद समावेश हुने अनुमति पनि दिइनेछैन ।
उदाहरणको लागी आउटडोर क्रियाकलाप जस्तैः ब्याडमिन्टन र टेनिस लाई अनुमति दिईने छ, जग्गिंग, साइकलिंग, गोल्फ र साना समूहमा दौडने जो १० व्यक्तिको भन्दा कम हुनुपर्छ त्यस्तोलाई चाहिँ अनुमति दिइनेछ। विद्यालयहरू बन्द रहनेछन् र अतिआवश्यक कामको लागि बाहेक अन्तर-राज्यमा यात्रा पनि प्रतिबन्धित हुनेछ। हरिरायाको लागि घर फर्कन पनि निषेध गरिएको छ।
त्यस्तै सामाजिक गतिविधिहरू जस्तै कन्सर्ट र अन्य भोजहरूको साथसाथै धार्मिक गतिविधिहरू,शुक्रवारको प्रार्थना र अन्य पूजाका लागि हुने भेलाहरूलाई पनि अनुमति दिइने छैन।
एमसीओमा प्रतिबन्धित व्यवसाय र गतिविधिहरूको सूची राष्ट्रिय सुरक्षा परिषद्को वेबसाइटमा पनि फेला पार्न सकिने जनाइएको छ।
मुहिद्दीनले भने कि सञ्चालनका लागि अनुमति दिइएको क्षेत्रहरूले अधिकारीहरूले तोकेको (SOP) मानक अपरेटिंग प्रक्रियाहरूको पालना गर्नुपर्नेछ।
सोमवार देखि रेस्टुरेन्टमा खान को लागी अनुमति दिईनेछ। जहाँसम्म, टेबल आकारको आधारमा सीमित ग्राहकहरूको संख्याको साथ दुई मिटरको दूरी कायम राख्नुपर्नेछन।
"रेस्टुरेन्टहरूले सबै ग्राहकहरूको नाम पनि दर्ता गर्नै पर्नेछ्न यदि तिनीहरू कोरोनाबाट संक्रमित भेटिए भने सम्बन्धित निकायमा सम्पर्क गर्नका लागि र सामाजिक दूरी नियमका लागि रेस्टुरेन्टहरूले क्यासियरबाट एक मिटर टाडा भुइँमा लाइन बनाउनु पर्दछ । ह्यान्ड सनिटिसर काउन्टरमा र पर्याप्त साबुन हात धुने ठाउँमा प्रदान गरिएको हुनुपर्नेछ।
कामदारहरूले फेस मास्क लगाउनु पर्छ र, यदि सम्भव छ भने, ग्राहकहरूको तापक्रम पनि चेक गर्नुपर्नेछ्न।
कामका बिषयमा उनले रोजगारदाताहरूलाई समयमा केही लचिलोपन दिन आग्रह गरे, सबैलाई एकै समयमा काम गर्न नदिइ पालैपालो गराउन भने।
कर्मचारीहरू हरेक दिन तापक्रम स्क्रीनिंग अनिवार्य गर्नुपर्ने छ र सम्भव भए कामदारहरूलाई घरबाटै काम गर्नका लागि
अनुमति दिनुपर्नेछ।
यदी श्रीमान श्रीमती दुबैजना काम गर्ने छन् भने बच्चाहरुको हेरचाहको लागि एक अर्काले दिन बिराएर काम गर्नुपर्दछ।
उनले भने कि कार्यालयमा उपस्थित नभएसम्म निजामती कर्मचारीले पनि घरबाटै काम गर्नुपर्ने हुन्छ। उनले उनीहरूलाई सम्भव भए अनलाइन बैठकहरू गर्न आग्रह गरे।