हेमनारायण काजी थारुले घोंगीको व्यवसायिक पालन सुरु गरेका छन।

Thursday, 30 April 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
चितवन:= चितवन जिल्लामा माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् । 

माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल ५ कठ्ठाको पोखरीमा पाइप बिछ्याएर परीक्षण स्वरुप घोंगी पालिएको उहाँको भनाई छ । पोखरीमा घोंगी नखाने प्रजातीको माछा समेत संगसंगै पालिएको तथा घरबाटै घोंगी बिक्री गर्न पनि सुरु गरिसकेको उहाँले बताउनुभयो । पछिल्ला दिनहरुमा थारुसंगै अन्य समुदायले समेत घोंगी खान सुरु गरेकाले गाउँघर र बजारमा घोंगीको माग उच्च रहेको काजीको भनाई छ ।

घोंगी पालनका लागि पोखरीमा चारैतिर करिब तीन फिट अग्लो घोंगी जान नसक्ने गरी जाली लगाउनु पर्छ । असार महिनामा पोखरीमा पानीको व्यवस्थापन मिलाउनु पर्छ । असार महिनामा पालेको घोंगी असोजबाट खान योग्य हुन्छ र पौष महिना सम्ममा ठूलो हुने भएकोले राम्रो आम्दानी हुन्छ । माडीकै गोपालनगर, हरिनगर र गौरीनगर क्षेत्रमा रहेका पोखरीहरुमा पनि प्राकृतिक रुपमै घोंगी पाइने भएपनि व्यवसायिक रुप लिएको छैन ।
#स्वदेश एफएम न्यूज डेस्क
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu