कस्तो गाना गायो सरकार,कविता-[रेशम चौधरी ]

Thursday, 3 November 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

पोहोरको कर्फ्युले, घरमा आगो लायौ सरकार !
यसपालिको कर्फ्युले, मनमा आगो लायौ सरकार !
आगोलाउने,कर्फ्यु लाउने,यति त हो तिम्रो काम??
नमिल्ने सुरको सप्तकमा,
कस्तो गाना गायो??सरकार!!

तिमि खान्छौ बाँडिचुँडी,टुलुटुलु हेर्छौँ हामी
तिन भाइको पेवा भयो,धन्य हाम्रो नेपाल सरकार!
पालो फेर्ने श्रीपेचमा,रत्न बुट्टा भर्छौँ हामि
पालैपालो शिरमा सजाई,
कस्तो शासन गर्छौ??सरकार!

तिम्रा गुन्डा असल मनु, हाम्रा असल आतंककारी
कत्ति लुट्छौ हुर्मत हाम्रो, कति बन्छौ ब्याभिचारी
सुक्योभने पात पतिङ्गर, झिल्कोले नै बस्ती जल्छ
अत्याचारको विरुद्धमा, उठे जनता देश बल्छ!

जनतालाइ झुठ् बोलि,कत्ति आसन फेर्छौ? सरकार!
नढाँटेरै भन बरु, कहिलेसम्म हेर्छौ? सरकार!
जिन्दावाद र मुर्दाबाद्को,कुरा कहिले टेर्छौ?सरकार!
पहिचान सहित संघीयताको,
प्रदेश कहिले फेर्छौ??सरकार!

चित्त बुझाउ हाम्रो पनी,निम्तो दिउँला साकेलामा
सङ्गसङ्गै नाँचौला नि,कौडा,टप्पा,सखियामा
सोरठिमा बज्ला मादल,तिम्ले पनि कम्मर भाँचे
कति खुल्ला हाम्रो नेपाल?,बाँडिचुँडी माया साँचे

यति राम्रो मिलनमा, कहिले सङ्गै हुने?सरकार!
आदिवासी,जनजाती, कहिलेसम्म रुने?सरकार!
इतिहासको पापको घडा,भन कहिले धुने? सरकार!
नेपालीभै नेपालमा,हामी कहिले ज्युने? सरकार!

पोहोरको कर्फ्युले, घरमा आगो लायौ सरकार !
यसपालिको कर्फ्युले, मनमा आगो लायौ सरकार !
आगोलाउने,कर्फ्यु लाउने,यति त हो तिम्रो काम??
नमिल्ने सुरको सप्तकमा,
कस्तो गाना गायो??सरकार,
कस्तो गाना गायो सरकार!!!!!
     ( लेखक=थारु युवा रेशम चौधरी )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu