पेनाङ् (मलेसिया):= प्रवासी कलाकार संघ पेनाङ्को आयोजनामा मगर संघ पेनाङ् र थारू समाज शाखा पेनाङ मलेसियाको सह-प्रायोजकमा खुल्ला नृत्य प्रतियोगिता -२०७६ आईतवार भब्य रुपमा सम्पन्न भएको छ।
प्रवासी कलाकार संघको अध्यक्ष भेषराज बस्नेतको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ मलेसिया क्षेत्रीय समितिको अध्यक्ष युवराज राना मगरको रहेको थियो भने अन्य अतिथिहरुमा क्वालालम्पुर देखि सो कार्यक्रममा उपस्थित हुन नेपाली कलाकार संघको सचिव तथा सह-सचिव मौसम तामाङ,डि.एस.थापा,मिडियाकर्मी आमोस फ्युवा तामाङ,दिपक आन्सु दास,बोम गुरुङ,डम्बर लामिछाने मगर समाजसेवी दिपक राज जोशी आदि लगायत दर्शकहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायक मन्डलमा मिस्टेक लामा,ईन्दिरा मगर,मोहन भुर्तेल र अतिथि निर्णायक मण्डलमा जीवन मल्ल ठकुरी रहेका थिए ।
दश जना प्रतियोगीले भाग लिएको मध्येबाट छानिदै उत्कृष्ट चार जनालाई बिजेता घोषण गरेका थिए।
जस मध्ये निशा राहु प्रथम बिजेता बन्न सफल भएका थिए भने दोस्रो बिजेता समीर लुङ्गेली मगर,तेस्रो सुनिल थापा र चौथो चार्ली घिसिङ्ग भएका हुन ।बिजेता सम्पुर्णलाई खादा,दोसल्ला ओढाई सम्मानपत्र र ट्रफी सहित सम्मानित गरिएको आयोजकले बताए ।
देवान दुखी मगर र कृन्जेल तामाङले सञ्चालन गरेको एकदमै प्रतिस्पर्धा मुलक रहेको सो कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन गाएक जीवन मल्ल ठकुरी,मोहन गुरुङ,मिलन पुन,मौसम तामाङ र सुजन तामाङले विभिन्न नेपाली गीत गाएका थिए भने मोडेल तथा डान्सर बसन्ती घिमिरे,कृन्जेल तामाङ,बुनु तामाङ लगायत थुप्रै कलाकारको विशेष प्रस्तुति रहेको थियो।