टीकापुर मुद्धा खारेजी सहित नेपाल लोकतान्त्रिक पार्टीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

Thursday, 6 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,

काठमाण्डौं:= टीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीहरुलाई तुरुन्त जेल मुक्त गर्ने लगायत माग सहित नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार पार्टीका अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा विभिन्न ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको जानकारी दिए । ज्ञापन पत्रमा थरुहट आन्दोलनको क्रममा टीकापुर घटनाको आरोपित जेलबन्दीहरुलाई बिना शर्त रिहाई, कैलाली जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा अध्यधिक बहुमतले निर्वाचित पुर्पक्षका लागि जेलमा रहेको रेशम चौधरीलाई सपथ ग्रहण गराई पद बहाली लगायतको माग रहेको छ ।

अध्यक्ष थारुले सरकारले टीकापुर घटनालाई लिएर आन्दोलनकारीहरु माथि विभिन्न झुटा मुद्धा लगाई जेलमा सडाउने षडयन्त्र भइरहेको अरोप लगाउँदै उक्त माग कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहहरुले समाधानका उपायहरु अवलम्वन गरी यथाशिघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराएका छन् । साथै उक्त माग कार्यान्वयन नभए बाध्य भएर शान्तिपूर्ण सशक्त आन्दोलन चर्काउने समेत चेतावनी दिएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu