हर्षोल्लासपुर्ण नयाँ वर्षको शुरुआत,[रचना-भागवत चौधरी]

Wednesday, 28 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

भागवत चौधरी,,

आहा ! कति हर्षेल्लासपूर्ण वर्षको शुरुआत,
प्रेम- प्रितिका सुनौलो प्रभात
स्वर्णिम दिवा मदहोश निस्पात,
नववर्षको निषाद रहनुपर्ने बार्हैमास
छर्दै शान्ति, एकता र बन्धुत्वको सुवास ।
एकवर्षको प्रतीक्षापछी आउने फस्ट जनवरी
प्रफुल्लित बन्छौ, खुसी हुन्छौ, आनन्द मनभरी
शुभेक्षाका प्रसाद , प्रमोदका स्वाद बाडछौ यत्रतत्र
तर अफ़सोस ! अर्को जनवरी आउन अघि नै
शुभकामना , सदभावना , मैत्रि एकता बन्छन अलपत्र ।

हे नायाँ वर्ष ! तिमी जति पुरानो हुदैजान्छौ
जति छिप्पिन्दै र बित्दै जान्छौ दिनहरुसित
सुख, समृद्वि, वैभव र उन्नतिका सदभावनाहरु
सूस्वास्थ्य र दीर्घायुका शुभकामनाहरु ,
हेप्पि न्यू यिअर भन्ने चर्को स्वरहरु
भासिंदै जान्छन , बिल्लिन्दै जान्छन ,
रहन्छन केवल ढर्रा र स्वांगभित्रका बाछिटाहरु ।
एकवर्ष आयु घटेपछि धमाकेदार एन्ट्री दिने पहिलो
जनवरी !
सक्छौ भने रहिदेउ वर्षभरी ,
सक्छौ भने रोकिदेउ व्यभिचार अनि भ्रष्टाचार,
हत्या , हिंसा , दुष्कर्म र बलत्कार ।
सुनिश्र्ति होस् उन्माद, शान्ति र हर्ष ,
बननिदेउ हे नववर्ष ! एउटा उदाहरणीय प्यारो वर्ष ।
दुलही झै सिंगारिने नववर्षको पहिलो दिन !
रमाउदै पदार्पण हुने दुइ हजार सेभेन्टिन तिमी हांस ,
सबैसित माया गाँस , फल -फुल,
त्यो एकदिनको रमझम र झमझममा नभुल,
टु थाउजणड सेभेन्टिन तिमी रहिदेउ सधै
क्युट स्वीट सेभेन्टिन हरेक पल, हरेक दिन ,
बनिरह सबैको स्वीट डियर ,
प्रिय नववर्ष ! तिमीलाई तिम्रे सफलताको निम्ति शुभकामना अनि हेप्पि न्यू यिअर ! हेप्पि न्यू इयर !!
हेप्पि न्यू इयर !!!
                   लेखक=भागवत चौधरी (टिकुलिया सप्तरी)

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu