उदय नारायण चौधरी,,
मनाउदा वर्षेनी थरुहटको नयाँ वर्ष
भरेर आउछ मनमा उत्साह उमंग अनगिन्ती हर्ष।
चारैतिर फैलिने अनेकन रमझम
साँस्कृतिक पोशाकमा देखिन्छ दृश्य मनोरम।
तर, राजनीतिक हस्तक्षेप र
व्यक्तिगत स्वार्थले नै माघी उजाड।
कसरी भन्ने माघी थारुहरुको अनुपम चाड?
छ र कसैमा एकतामा बाध्ने सदबुद्दि विवेक?
माघी उपर गिद्द नजर अवसरवादी नै अनेक।
सूर्यको चम्किलो किरणझैं
झल्किने थारु कला र संस्कृति
थरुहटको पहिचान नै हो थरुहट शक्ती
ए मूर्ख हो! तिमीहरुको यो
बाँडफाडको राजनीतिक अभियानले
निभाएको छ सोभायमान थरुहट बनाउने प्रदीप्त आशा
त्यसैले त छ हृदय विभोहित आज मेरो मनमा निराशा।
जे हुँ; मै हुँ भन्छौ, परिवर्तन ल्याउछु भन्छौ
तर विडम्वना, मात्र थारू फुटाउछौ।
थरुहटकै उचाई डुबाउने तिम्रो स्वार्थी स्वभावको;
के प्रसंसा गर्नु र खै,
अधिकार सुनिश्चित गराउन हाथेमालो अभावको?
र त मन रुन्छ अनी आत्माले सोध्छ,
"थारुहरुको संस्कृति झल्काउने माघी
आज किन थरुहटकै निम्ति अभागी?"
कवि= उदय नारायण चौधरी मिर्जापुर-०९, सिराहा
हाल अध्यनरत : ब्याचलर अफ सिभिल ईन्जिनियरीङ्ग
भरतपुर, चितवन
साभार=Tharu community
फोटो-फेसबुक