करोडौमा छानि छानि रोजे तिमिलाई
कसैको डर नमानि रोजे तिमिलाई
धेरै बोल्छौ आफ्नै जिद्दि गर्छौ तिमिले
था पाएरै जानि जानि रोजे तिमिलाई
छिन मै रिसाउने छिन मै हासि दिने
मलाइ मन पर्यो बानि रोजे तिमिलाई
एकहोरो मलाइ हेरिरहन मन लाग्थ्यो
तिम्रा आँखा को नानि रोजे तिमिलाई
तिमिलाई पाए मज्जाले बित्छ भनि
यो लामो जिन्दगानि रोजे तिमिलाई
सन्जय पुन मगर
काप्रिचौर ६सिम्ता सुर्खेत
हाल-साउदि अरब