धेरै हिड्यौ अन्धकारको बाटो
गन्तव्य बिहीन नै छौ हामी,
लाखौं कोसिस गर्दा पनि थारुहरु
पहिचान को लडाइँ मा असफल छौं हामी,,
कसो गरि सफलता को सिखर मा पुग्ने हो कुनि
थुप्रै चट्यान तोडनु छ समय आएको छ ।
तर पनि बुद्धि बिहिन छौं हामी,,,
कहिले काहीँ त मन निरास हुन्छ यात्रा गर्ने क्रममा
हरेस नखाइ लड्ने कुरा गर्छु,हिमतका कुरा गर्छु
तर पनि पहिचान बिहिन छौं हामी,,,,
साच्चै कुनै दिन गन्तव्यमा पुग्ने नै छौ
तर के गर्नु एकात्मक,बाहुनबादी सोच ले पहिचान बीहीन छौ हामी,
पहिचान बिहिन छौ हामी ।।।
(लेखक=तिलक चौधरी थारु,,नवलपरासी)