रेशम चौधरी,,
संसार मानव बस्तीमा रुपान्तरण हुनथालेपछि समुहको झुन्डलाइ नेतृत्व दिनसक्ने,अर्हाउन सक्ने,समुहलाइ कब्जामा राख्न सक्ने नै पछि नाइके,मुखिया हुँदै राजामा रुपान्तरण भएको पाइन्छ। यसरी रुपान्तरित राजाहरु नै अहिलेको परिस्कृत भाषामा शासक हुन। मानव मनोवृत्तिको बिकास संगै पुस्तौंदेखि एउटै परिवारको हुकुमी प्रशासनलाइ अन्त्य गरि सर्ब सहभागीता होस भन्ने हेतुले नै प्रजातन्त्र हुँदै लोकतन्त्रको शिउरमा ल्याएर अड्याएको पाइन्छ,तर संसारमा एउटै देश पनि अछुतो रहेन जस्ले पुस्ताबृतिलाइ निरन्तरता दिएको नहोस् । अमेरिकामा बुस,क्लिन्टन परिवार,भारतमा गान्धी लगाएत हाम्रै देशको इतिहास फेरिहस्तमा समेत यो लागु हुँदैआएको छ। पहिले अलिकति मात्रै जान्ने लुलोहरुको ठुलो सम्मान हुन्थ्योभने अहिले सम्मान पाउनलाइ चमत्कारित हुनैपर्छ। ठिटो जुगर्बर्ग यस्को सबैभन्दा ठुलो उदाहरण हुन। अहिले हरेक सक्षम ब्यक्तिहरु प्राप्तिको दौडमा छन् । सफलता उसैको पोल्टामा पर्छ,जोसंग अभुतपुर्व क्षमता छ। तर हाम्रो देशमा भने ठिक उल्टो छ,यहाँ भिमसेनलाइ सेरिएर मर्न बाध्य बनाउने बौलाहाहरुको इतिहासको खातिरदारी गरिन्छ।
हामी त्यही देशको सभ्य नागरिक भएर बाँचिरहेका छौँ,जुनदेशमा कौवाले जस्तै काँ काँ गरेर जनताको हुर्मत लिने नेताको हुकुम चल्छ। आफुलाइ ऐतिहासिक नेता भनाउँदाहरुले समेत सन्तानमोहका कारण समन्ध बिच्छेद गरेर आएकी सुपुत्रीलाइ सत्ता सुम्पने मुलुकका योग्य नागरिक हौँ हामी। जसले यो देशको बिशाल भुखण्ड कहिल्यै फिर्ता नहुनेगरि हस्ताक्षर गरिदिएको छ उसैले बर्तमान खोक्रो राष्ट्रबादको नारा ओकलेर सबैभन्दा ठुलो रास्ट्रबादी हुँ भनेर राजनीति गर्दैछ। हामी रुपान्तरित राजनैतिज्ञका दास रैतिहरु हौँ,जो केवल केहि छाकका लागी मात्रै तिनको स्वस्ती बजाइरहन्छौँ। हामी नश्लबादको एकल साम्राज्यलाइ भिभाजित भै भैकन पनि स्विकार्छौँ।एउटा कोइराला परिवार जनतालाइ बिभाजित गरेर तिनैभाइ प्रधानमन्त्री खाएको टुलुटुलु हेर्छौँ,बर्तमान ऐतिहासिक पानामा पढ्छौँ र फेरि महान प्रजातान्त्रिक नेता भनेर तिनैलाइ आफै स्विकार्छौँ। तिनका हाटबजारे भएर जिवनभर कुले काका सेवा गर्न तयार छन,तर मुलबासिलाइ लोकतन्त्रको अनुभुत गराउनुपर्छ भनेर अलग बाटो हिड्न पटक्कै तयार छैनन्। राज्यको ढुकुटी रित्याएर अर्बपती नेता नेतृलाइ उपचार गर्दा हामी चुँइक्क सम्म बोल्दैनौ,बरु बिहानै तिनको दैलोमा हाजिरी बजाएर आदिवासी,मुलबासिको परिचय दिन हामिलाइ हतारो हुन्छ। एउटो ज्योतिष बच्चोको नाममा करोडौं नामसारी भैरहँदा गिठा र भ्याकुर खाँदै कठाङ्ग्रीएर मर्न बाध्यहुने चेपाङ्को नाममा भने मुलबासिको राजनीति गरिरहेका हुन्छौं।हो! नश्लबादको हावी कत्तिसम्म भैसकेको छ भन्नेकुरा यहिँनिर प्रमाणित हुन्छ।
एकातिर मुलबासी चेपाङको बच्चो कुपोषणले मर्न बाध्य हुन्छभने अर्कोतिर नश्लबादी बाहुनको बच्चो करोड लिएर अमेरिकामा उपचार गराइरहेको हुन्छ,के यो नश्लबादी शासनको दमन होईन?? एउटि मधेसकि मुसहर महिला सिटामोल खान नपाएर मर्छे,अनि मधेस बाटै राजनिती गर्ने अर्बपती सुजाता राज्यकोषबाट लाखौं लिएर क्यान्सरको उपचार गर्छिन - के यो नश्लबादी बिभेद होईन ?? सिकलसेलको उपचार नपाएर मरिरहेकी कमैयाकि श्रीमतीको समाचार कहिल्यै मिडियामा आउँदैन तर राज्यकोषबाट लाखौं लिएर,हजार फर्काउने शान्ता चौधरीको खुबै राष्ट्रबादी बखान गरेर समाचार छापिन्छ। हामी कहाँनेर बिक्दैछौँ,इतिहास देखी वर्तमानसम्म कसरी बेचिइरहेका छौँ,के हाम्रो मुलबासी नेतृत्वसंग त्यतिपनि चेतना छैन ???जित्ने चुनाव भण्डारी लड्छिन,हार्ने चुनाव कुल बहादुर लड्छन। मन्त्रीपदको झिनो स्वार्थमा थारु फुट्छन।एउटि तामाङ्नी न्यानो लुगाको अभावमा थुर्थुरिएर मर्छिन,अर्को तामाङ्नी बाक्लो ज्याकेट लगाएर नश्लबादिसंगै बानेश्वरमा राष्ट्रबादको नारा लगाउँछिन। एउटा गुरुङ कास्कीमा तमुवान माँग्छ अर्को गुरुङ,हैट!! यो त जातीय राजनीति पो भन्छ।। थुइक्क!! मुलबासी हाम्रो राजनिती। बिद्रोह त अरुभन्दा पहिले आफैबाट गर्नेदिन पो आयो कि ??हामी नश्लबादको चरम दमन शोषणबाट मुक्ति चाहन्छौं,चाहे जस्तोसुकै मुल्य चुकाउनु किन नपरोस्।
( लेखक=रेशम चौधरी )