जितिया महोत्सवले थारु एकताको सन्देश दिन सकेन, थारु एकतामा जोड

Wednesday, 3 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लक्की चौधरी,,
काठमाडौं:= तराईका थारु तथा अन्य तराईबासी महिलाले मनाउने पर्व जितियालाई मंगलबार उपत्यकामा बसोबास गर्ने थारु महिलाले भव्यतापूर्वक मनाएका छन् । उपत्यकाभित्रै विभिन्न तीन ठाउँमा मनाइएको जितियाले थारु एकताको सन्देश दिन असफल रहेको टिप्पणी गरिएको छ ।
उपत्यकामा थारु महिला सभा, थारु महिला समाज तथा थारु सांस्कृतिक संगीत विकास मञ्चले अलग अलग कार्यक्रम गरी मनाएका छन् । उपत्यकामा बसोबास गर्ने थारुहरु तीनवटै ठाउँको कार्यक्रममा विभाजित भएका थिए । तीनवटै कार्यक्रममा थारु एकताको माग भने वक्ताहरुले गरेका थिए ।
महिला सभाले आयोजना गरेको जितिया महोत्सवमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा नेता गच्छदारले नयाँ संविधानले सबै जाति वर्ग र समुदायको अधिकारलाई सम्बोधन गरेको बताउनुभयो ।
अपुग अधिकार सम्बोधन गराउनमा सबै थारु एकतावद्ध भएर लाग्न उहाँले आव्हान गर्नुभयो । थारुको आफ्नै भाषा, भेष र संस्कार भएजस्तै, थारु समुदायको राज्यमा आफ्नो नेतृत्व अझै कायम हुन नसकेकैकारण थारुको माग मुद्दा पूर्णरुपमा सम्बोधन नभएको उहाँले चर्चा गर्नु  भयो ।
टीकापुर घटनाको दोसीकरार भएर पक्राउ परेका थारु नेताहरु लक्ष्मण थारु, रेशमलाल चौधरी लगायतका २६ जनाको रिहाईको पहल राजनीतिकरुपमा भइरहेकाले चाँडै रिहाई हुने नेता गच्छदारले विश्वास दिलाउनुभयो । उहाँकाअनुसार अवको केही हप्तामा टीकापुर घटनामा दोसी मानिएका निर्दोस थारुहरुको रिहाई हुनेछ ।
थारु समुदायकालागि आफू ३० वर्षदेखि योगदान दिंदैआएको बताउँदै नेता गच्छदारले बाँकी समयमा पनि थारुको माग मुद्दा र अधिकारका लागि संघर्ष जारी राख्ने प्रतिवद्धता जनाउनुभयो । थारुको एकता अभावमा सम्बोधन हुनुपर्ने कैयौं विषय अझै सम्बोधन नभएकाले एक भएर संघर्ष गर्न उहाँले युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा सत्गौंवा थारुले वैचारिकरुपले आफूहरु जुनसुकै पार्टीमा आवद्ध भएपनि थारुको मागमुद्दामा एक ठाउँमा रहेको बताउनुभयो । थारु समुदायको सवालका विषयमा थारु कल्याणकारिणीसभाले चासो नदिएको उहाँले आरोप लगाउनुभयो । संविधान संशोधनको विषयमा अन्य समुदायले आफ्ना सांसदहरुलाई विषयमा केन्द्रीत भएर छलफल गर्ने र एजेण्डा दिने गरेपनि थारुबाट त्यस्तो हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
नेकपाकै सांसद अमनलाल मोदी थारुले राजनीतिक र सामाजिक आधिकारका लागि थारु अगुवाहरु सदियौंदेखि संघर्ष गर्दैआएकाले इतिहासको मूल्याङ्कन गर्नुपर्र्ने बताउनुभयो । युवाहरु तत्काल परिणामको खोजीमा लागेको भन्दै उहाँले इतिहासको समिक्षा गर्दै वर्तमानमा समयानुकुल माग सम्बोधनमा आफूहरु लागेको प्रतिवद्धता जनाउनुभयो ।
नेकपाकै अर्का सांसद मेटमणी चौधरीले टीकापुर घटनामा पक्राउ परेका निर्दोस थारु अब धेरैदिन जेल जीवन जिउनु नपर्ने बताउनुभयो । रेशमलाल चौधरीलाई उम्मेदवार हुन दिने, निर्वाचित पनि हुन नदिने तर निर्वाचित भएपछि संसदमा उपस्थित हुन नदिनु उहाँमाथि विभेद भएको चौधरीले बताउनुभयो । अब थारु आफै शासन गर्ने ठाउँमा पुगेमात्र थारुमाथिको विभेद अन्त्य हुने उहाँले चर्चा गर्नुभयो ।
सभाकी अध्यक्ष तारा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणीसभाका कार्यबाहक अध्यक्ष कन्नुलाल चौधरी, थारु विद्यार्थी सभाकी प्रेमा चौधरी, थारु युवा सभाका अध्यक्ष कानूनलाल चौधरी, थाकस उपत्यका समितिका सभापति सुमन चौधरी, थारु अगुवा भुलाई चौधरी लगायतले थारुको अधिकार र जितियाका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा थारु नृत्य तथा गीतहरु पनि प्रस्तुत गरिएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu