सन्तोषको सांगीतिक कोसेली तिमीलाई धेरैँ धेरैँ माया बजारमा सर्वजानिक भएको छ । देशमा परिवर्तन आए संगै देशले नयाँ नयाँ प्रतिभा पनि जन्माउदै गएको छ । रोजगारको शीलशिला मा मलिसिया पुगेका दिल्नाथ र सन्तोष आ-आफ्नो भबिस्या र भाग्य खोज्दै छन ।
यिनै सुमधुर स्वरका धनि नयाँ प्रतिभावान नब गायक सन्तोष लोप्चन र नब मोडल दिल्नाथ लोप्चन आफ्नो नयाँ आधुनिक गित तिमीलाई धेरैँ धेरैँ माया लिएर सांगीतिक बजारमा देखा परेका छन ।राजधानी संगै जोडिएको काभ्रेको डाडापारी गाविस 9 जग्थाली गाउँमा सामन्या परिवारमा जन्मेका दिल्नाथ लोप्चन र सन्तोष लोप्चन सानैदेखि नाच्ने र गित गाउँने रूची गर्थे अनि स्कुलको हरेक कार्यक्रममा भाग लिई प्रतिभा हरू देखाउँथे र सन्तोषले आफु भित्रको प्रतिभालाई भिनाजु मोतिलाल मोक्तान र प्यारो दाई दिल्नाथ लोप्चनको सल्लाह र सहयोगमा आफ्नो पहिलो गित तिमीलाई धेरैँ धेरैँ माया youtube मा सर्वजानिक भएका छन । यस गितमा मुख्या अभिनय दिल्नाथ लोप्चन र सान्ति बान्तवा राईको रहेका छन ।
जोगलाल लामाको सङ्गीत रहेको यस गितको शब्द बिसाल लामाले लेख्नु भएको छ । कोष बोम्जनले छायांकन गर्नु भएको यस गितलाई सम्भु मोक्तान तामाङले निर्देशन गर्नु भएको छ । `मलाई तपाई हरुको माया को जरूरी परेको छन पक्कै तपाईहरूले मलाई माया गर्नु हुन्छ होला भन्ने आसा गरेको छु´ मोडल दिल्नाथ तामाङ भन्नू हुन्छ ।
(भिडियो हेर्नुस् ।)


