थारुको मुटु भित्र बनाएको घाउ पुरिने छैन कहिल्यै [कविता]

Sunday, 29 January 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बिखण्डनको आधि यसरि नै चलि रह्यो भने !
पृथक्तावादको सन्निपात गाउँ गाउँ फैलिदै गयो भने !!
नाथुरामहरु नजन्मेलान भन्न सकिन्न,
सुसुपत असन्तोषका बन्दूकहरू नपड्केलान भन्न सकिन्न।

आत्म निर्णयको मुन्धुम फ्याक्नेले नै अरुको अधिकारमा अतिक्रमण गर्दै हिँड्यौ भने !
स्वाधिनता र सर्वभौमिकताको नारा दारा लिस्नु चढ्नेले नै स्वयं स्वाभिमान बेचि खायौ भने !!
लिहर्वे ओसावाल्टहरु नजन्मेलान भन्न सकिन्नः
स्वार्थ लेपित तिम्रो टपर्टुइँया नियतको अन्त नेपत्थ्यबाटै कसैले नगर्लान भन्न सकिन्न ।।

सबै मान्छेलाई याहा राजनीति गर्न छैन यो पनि बुझ !
यो देशमा स्वार्थि मात्र छैनन् राष्ट्र भक्त पनि छन राम्ररि सुन!!
राष्ट्रयता र सर्वभौमिकताको यसरि नै लिलाय गर्दै हिँड्यौ भने!
जोहन बिल्किसबुथहरुले तिम्रो शिर न-उडाउलान भन्न सकिन्न ।।

राष्ट्रयता भने सुसुप्त तर भयानक ज्वाला हो !
आपनत्व भन्ने अन्तरनिहिन राँको हो!!!
तिमीले जस्तै आफ्नो मान प्रतिष्ठा,इज्जत,शान
बेचेर जागिर खानु छैन मैले!
देशलाई भारत र चाईना बनाएर प्रभुको चाकडि गर्नु छैन मैले!!

क्षनिकभरको लागी  विखण्डनको मियो ठड्याए पनि!
नाङ्लोमा थारुको पसिना रुपि कनिका छरेर
गिद्धहरुको बथान बटुलि थारुकै हक,अधिकार हनन गरे पनि!!
असन्तोषको भुसे आगो निभ्ने छैन कहिल्यै
बुझ पापी हो बिखण्डनकारीको झुठो आरोप लगाइ मुटु भित्र
बनाएको चहराउँदो घाउ कदापि पुरिने छैन कहोल्यै,
बुझ नेपालको बाहुनवादिहरु हो पुरिने छैन कहिल्यै।

    [लेखक/रचना भागवत चौधरी/ सप्तरी जिल्ला हाल मलेसिया ]

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu