बज्र मेरो साथि
(मेरो पुस्तक संयोग बाट लिइएको अंस)
(मेरो पुस्तक संयोग बाट लिइएको अंस)

कोठामा छिर्ने बित्तिकै सलिता बहिनी चिच्याइन् - के हो रेन्बो डन ? रात रातभरि गायब ?? नआउने भए कम्तीमा फोन गरेर खबर त गर्नुपर्छ। खाना खाने नखाने,आउने न आउने कुराको जानकारी त हुनुपर्दछ। केहि वास्ता छैन है तपाईंलाई घर परिवारको?? सोझो,अति भलाद्मी मैले सोल्टी भनेर सम्बोधन गर्ने धिरज मौन हुनुहुन्छ। उहाँको यहि बिशेषताको अगाडि कसैको केही लाग्दैन। जतिसुकै चिच्याय,करायपनी उहाँ चुपचाप बसेपछि टन्टै साप। उहाँको यो बानीको म पनि प्रसंसक हो। लन्डनबाट आएका दुइजना पाहुना सित हामी घरभित्र छिर्दा भएको असहज परिस्थिति समेत अनुकुल बन्यो,उहाँको मौनताले बिजय प्राप्त गर्यो। धिरज सोल्टीको भाइले युकेको कोसेली फुकाउनु भयो - एक टिनको बट्टा बिस्कुट र एक सानो पोकोको चकलेट। हाम्रो बीचमा एक सानो बालक खेल्दै आइपुगे। सलिता बहिनीले भनिन - बज्र यता आउ त! हेर हेर, अंकलले के ल्याइदिनु भा छ ? यी चकलेट,अनि यो बिस्कुट। बच्चो सार्है खुसीको साथमा टिनको बट्टाको बिस्कुट र चकलेटलाई एकैपटक खाखी च्याप्यो। अच्या! यतिधेरै खानुहुन्न,फेरिफेरी खाने नि है बज्र? हाम्रो छोरा कत्ति ज्ञानी छ? ल अंकलहरुलाइ जिउ गर त? सफा ज्याकेट,मगमगाउँदो अत्तर छर्केका दुबैजना लाइ बज्रले ज्यु गर्यो। बच्चालाई सलिता बहिनीले संस्कार सिकाएकी रहिछन् । मैले करिब १५ दिनदेखि लगाइरहेको मैलो ज्याकेट पहिरिएको थिएँ,भरिया अथवा कुनै नोकर सम्झेर होला,सानोबाबू बज्रले मलाई जिउ गरेन तर सलिता बहिनीले मलाई चिनेकि रहिछन् र जिउ गर्न लगाइन्। जिउ गरेपछि मैले - ठुलो ठुलो हुनु! आशिष दिएँ।
- दाइ सन्चै! सार्है दुख पाउनुभयो है तपाईंले। सलिता बहिनीले सहानुभूति जनाइन्।
- के गर्ने नानी! नखाएको बीस पनि जबर्जस्ती मुखमा कोच्याउने सामन्ती सरकारको घानमा परेपछि यस्तै हो।
- हार नखानुहोला दाइ! तपाई सत्यको बाटोमा हुनुहुन्छ।तपाईसंग लाखौं आदिवासी,थारु,मधेसी साथमा छन। सानो नेता कहाँ हो र तपाई ?? बज्रलाइ चकलेटको टुक्रा मुखमा हालिदैँदै भनिन् ।
सलिता बहिनी र मेरो धेरै पुरानो परिचय हो। उनि पनि करातेकी खेलाडी हुन् । म ब्ल्याक बेल्ट हुँदा उनी हामिसंगै कराते खेल्थिन। मेरो गीत संगित र रेडियो प्रस्तोताको बारेमा पनि राम्रो जानकारी छ उनलाई। अहिले मेरो यो अवस्था देख्दा उनलाई कस्तो लाग्यो कुन्नी? तर म भने असहज महसुस गरिरहेको छुँ किनकि म मैलो छुँ,म अहिले परिकल्पना गर्छुँ सायद न्युरोडमा भारी बोक्ने भरिया पनि म भन्दा सुघ्घर हुँदो हो नत्रभने सानो बालक बज्र पनि मलाई जिउ गर्नबाट किन अन्कनाउदो हो?? बोलिबचनमा अलि कडा नै भएपनी सलिता बहिनिले सार्है मीठो खाना खुवाइन। मनको प्रष्ट,स्पष्ट बोली,अडिगपन सलिता बहिनिको परिचय हो।खाना पश्चात् बहिनि आफ्नो कार्यालय तर्फ लागिन,धिरज सोल्टिपनी काममा जानुपर्छ भनेर लाग्नुभो। लाहुरे टोली पोखरा फर्कियो,बहिनिसंगै बस्ने चेलिहरु पनि पोखरा तिरै लागे क्यारे। धिरज सोल्टीले बाहिर निस्कनु भन्दा पहिले अब बज्र नै तपाइँको दिनभरिको साथी भन्दा म त अवाक भएँ। दुई बर्षको बच्चो बज्र,बुवा आमा बाहिर! म एउटाको भरमा छोडेर जाँदा अलि असहज लागेपनी मलाई त जसोतसो दिन कटाउनु त थियो। तपाईलाई अफ्ठ्यारो लाग्दैन भने दुइचार दिन येतै बस्नुस न दाइ! सलिता बहिनीले यसो भन्दा,अलपत्र निर्बासित जीवन बिताइरहेको मान्छे म कति खुसी भएँहोला त्यो त मलाई नै थाहा छ।
अब बज्र र म घरमा छौँ,उ मेरो दिनभरिको साथी हो।म कलेज पढ्दा MAJOR ENGLISHबिषयमा the red chief शिर्षकको कथा पढनु पर्दथ्यो। एकछिन त त्यो कथा मेरो मानसपटल वरिपरि खुब घुम्यो। मलाई रेड चिपकै बदमाश फुच्चेको फेला त परिएन? भन्ने डर पनि लाग्यो तर बज्र त्यस्तो रहेनछ। उ रेड चिप फुच्चेको ठिक बिपरित थियोे।आमा बुवासंग जति छुकछुक गरेपनि उ अरु मान्छेसँग सार्है भलाद्मी हुँदोरहेछ। मैले केही खान्छौ भनेर सोधेँ। उसले तोते बोलिमा बिकुट भन्दै टिनको डब्बाको बिस्कुट देखायो। मैले दुइटा बिस्कुट टिनको बट्टाबाट झिकेर दिएँ। उ कुपुकुपु खाइ सिध्यायो र फेरि बिकुट अंकल भन्यो। मैले बिस्कुटको बट्टा खोल्दै लेउ भने। उसले आफ्नो सानो हातमा आउने जति बिस्कुट निकाल्यो। मैले यतिधेरै होईन,दुइटा मात्रै खाउ भने। उ आफुलाइ अत्यन्तै ज्ञानि प्रमाणित गर्दै हातमा दुइटा बिस्कुट बाहेक सबै टिनको बट्टामा हालिदियो। मैले गूड् भने,उसले गु... आछैन भन्यो। म मरिमरी हाँसे। एक हातमा बिस्कुट टोकिरहेको बेला उसलाई सुसु लागेछ। अंकल सुसु आयो भन्दै चिच्यायो,म टिनको बट्टाको बिस्कुट फ्रीजमाथी राख्न खोज्दैथियँ,उसले आफुले लगाएको सुरुवालमै सुसु गरेछ।लौ बर्बाद भो, मैले उसको फेर्नुपर्ने सुरवाल पनि देखेको छैन। सुरुवाल कहाँ छ? मैले उसको भिजेको सुरुवाल निकाल्दै सोधेँ। उसले त टाउजर?? भन्दै उल्टो अंग्रेजीमा मलाई चुनौती दिँदै पो सोध्यो त। मैले yes भनेर मुन्टो हल्लाएँ। बज्रले मेरो हात समात्दै बाबा आमा सुत्ने कोठामा लग्यो। मलाई डर लागेर आयो। निर्बासित जिवनमा आश्रय दिने दयालु जोडीको दराज बाकस खोतल्ने आँट कसमा पो हुन्छ र!! बज्रले दराजको ढोकामा ड्याम्म ड्याम्म हातले ठोक्दै यसभित्र छ भन्ने संकेत गर्यो। मैले चाहेर पनी दराजको ढोका खोल्न सक्दैन। म बडो धर्मसंकटमा परेँ। दराज नखोलौँ,बज्र नाङ्गै छ,खोलौँ भोलि केही बातलागि आइ पो हाल्ला कि?? यसो पलङ्गको सिरानीमा हेरेको केही मैलो कपडाहरुको थुप्रो रहेछ।बरु मैलो कपडाको थुप्रो खोतल्नु नै उत्तम ठानी मैले यसो पल्टाइ हेरेँ। धन्य, बज्रको पुरानो भएपनी ट्राउजर भेट्टियो,लामो स्वास फेर्दै बज्रलाइ त्यो ट्राउजर लगाइदिएँ।
बज्र आफ्नो खेलौना तर आधुनिक मोटरसाइकलमा खेल्न थाल्यो। मोटरसाइकल ब्याट्रीबाट चल्ने भएकोले घुइँ,घुइँ गर्दै पछाडी सर्थ्यो। मैले सोधेँ - यो मोटरसाइकल अगाडि जाँदैन बज्र? उसले नाइ भन्दै मुन्टो हल्लायो। मेरो छोरा आभुको पनि येस्तै मोटरसाइकल खेलौना थियो जुन टिकापुर घटना पश्चात् अखण्ड पक्षधरले जलाइदिएका थिए। एकछिन त त्यो घटना सम्झिएर म भावुक पनि भएँ, मेरो छोरा मोटरसाइकलमा खेल्थ्यो,त्यही यादले सताएर होला, मलाई दिल्लीमा पटकपटक फोनबाट साइकल किनिदिन आफर गर्थ्यो। सुक्को भुक्को नभएको मैले उसको मागको पीडा थाम्न नसकेर ओइ बाउ,खोइ मेरो साइकल ??? भन्ने शिर्षकको लेखै लेखिदिएँ। उक्त लेख प्रकाशित भएपछि एकजना दयालु मित्रले साइकल किनेर मेरो घरमा पुर्याइदिएका थिए। त्यो साइकल पाएर आभु अत्ति खुशी भएको थियोे र मैले दिल्लीबाट रन्जुलाइ फोन गरेर छोरा खोइ भनेर सोद्धा- छोरा साइकलमा खेल्दैछ भनेर जवाफ दिन्थिन।त्यति सुनेपछी म औधी खुशी हुन्थेँ र दुइचार दिनसम्म सबै दुख भुल्दथेँ। मैले यताउता गरेर बज्रको मोटरसाइकल अगाडि पछाडी चल्ने बनाइदिएँ र बज्रपनी खुशीका साथ खेल्न थाल्यो। म अहिले भुमिगत भएर लुक्दै काठमाडौ आइपुगेको छुँ र धिरज सोल्टी,सलिता बहिनिको घरमा शरण लिएर बसेको छुँ। मेरो छोराछोरि संग म कहिल्यै खेल्न पाइन।बेफुर्सदिलो जिवनमा आफ्ना केटाकेटी संग खेल्न नपाएकोमा मलाइ सार्है थकथक लाग्छ आजभोलि। छोराछोरीको सम्झनामा धेरैपटक रोएको छुँ म। अंकल आ.. आ...आयो- बज्रको बोलिले म झसङ्ग भएँ। हत्तपत्त उसलाई ट्वाइलेटमा लगेर जान्छु, उ कम्बोडमा बस्न जान्दैन,उसलाई समातेर बस्छुँ र मनमनै कल्पिन्छुँ - देखिस रेशम! केटाकेटी हुर्काउन कति कठिन हुन्छ?? आ.. आ... सु सु ले नै कत्ति हैरान हुँदाहुन आमाहरु। म रन्जितालाइ झलझल्ती सम्झिन्छु,मेरो अनुपस्थितिमा कति कठिनका साथ केटाकेटी हुर्काइ होलिन उनले। म बज्रको दिसा धोइदिन्छुँ र ट्राउजर लगाएर पुनः बैठक कोठामा लैजान्छु। अब उ मेरो बुइँ चढ्ने भन्छ,म दङ्ग पर्दै बज्रलाइ बुइँ चढाउँदै खेलाउन थाल्छु। त्यहिबेला सलिता बहिनिको फोन आयो- दाइ तपाईलाई बज्रले दुख दियो?? मैले होईन दिएको छैन भन्ने जवाफ दिएँ। उसलाई दूध पिलाइदिनु अनि उ सुत्छ,बहिनिले मलाई भनिन्। म बज्रलाइ दूध तताउँछु,सेलाएर बिस्तारै पिलाउँछु। खानेकुरामा पटक्कै अटेरी छैन, जे दियो त्यही खाने बज्रको राम्रो बानी रहेछ। नभन्दै दूध पिइसकेपछी बज्र सुत्यो।

बेलुकी धिरज सोल्टिले रन्जिता र आभुलाइ लिएर आउनुभो,म आश्चर्यमा परेँ। साधारण पोशाकमा आमाछोरा लाई देख्दा मलाई आफ्नो भाग्यलाइ धिक्कार्न मन लाग्यो।छोरा मलाई देखेर अस्याध्यै खुशी छ,उ मेरो काखमा लुटुपुटु गर्न थाल्छ। म उसलाई सुमसुम्याउछुँ,म्वाइ खान्छु,माया गर्छुँ।लाग्छ,मैले अहिले स्वर्गासन भेट्टाएको छुँ। छेउमा बसेर रन्जिताले दुई थोपा आँसु झार्छिन्। मलाई भेट्ने कहिलेदेखिको उनको प्यासी मन कति तृप्त भयोहोला। बज्र आफू उमेरको बच्चो देखेर दङ्ग छ,उ आभुलाइ खेल्न आमन्त्रण गर्छ। मैले जाउ भाइसंग खेल भन्न्ने बित्तिकै बज्र र आभु खेल्नमा मस्त हुन्छन्। म उनिहरुले खेलेको हेरिरन्छु।रन्जु र सलिता बहिनि भान्सामा जान्छन् । म र धिरज सोल्टी बैठक कोठामा दुख सुखदुःखका गफहरु गर्न थाल्छौँ। मेरो यस्तो अवस्था देखेर उहाँ अवाक हुनुहुन्छ। मेरो रिसोर्टमा नौ महिना लगातार बस्ने ग्राहक उहाँपनि हो,रिसोर्टमा आगो लगाइरहँदा उहाँ त्यहीँ हुनुहुन्थ्यो चाहेर पनि बचाउन नसकेको ठुलो आत्मग्लानी छ उहाँलाई।
भोलिपल्टै सखारै रन्जिता र आभु फर्किए। आँखा र मन दुबै भरिएर आयो,नियती पनि कस्तो?? जसले न कुनै अपराध गर्यो,न कसैलाई मार्यो,न कसैको घर जलायो, उ आज केही ब्यक्तिको निहित स्वार्थका कारण निर्बासित हुनुपरेको छ। जसले जिवनभर राष्ट्रियताको कुरा गर्यो उ आज अराष्ट्रीय तत्व हुनुपरेको छ। खोइ! न्याय कहिले पाइएला कुन्नी?? हाम्रो देशको शासकहरु भन्दा त बज्र जस्तो अबोध बालकहरु कति इमानदार छन कत्ति ?? बज्रले बरु सहारा खोज्छ,उसलाई अपेक्षा छ,अंकलले बुइँ चढाउनु हुन्छ,उसको मोटरसाइकल घचेटी दिनुहुन्छ तर राज्यलाइ पटक्कै बिश्वास छैन,हामी जस्तो उर्जावान युवाले देश हाँक्न सक्छौं भनेर। राज्यका शासक कति निर्दयी छनभने बरु हामी जस्ता युवालाई पलायन गराउन सकियो भने चाहुन्जेल देशको सम्पत्ति लुट्न पाइन्छ। जे गरेपनि हुन्छ,जसो गरेपनि हुन्छ भन्ने नै नेताहरुको भित्री चाहना हो। मुलुकलाइ आफ्नो पैत्रिक बपौती ठान्नेहरुले मुलुकलाइ कहिलेसम्म बलात्कार गरिरहने हुन् कुन्नी? अंकल! आउनु न बुँइ चढौँ,बज्र मेरो हात समातेर तान्दैछ,म उसको पछिपछि लागेर बैठक कोठामा घोडा बनिदिन्छु। उ हट् घोडा हट् भन्दै मेरो पिठ्युँमा कलिलो हातले थपाउँदैछ। म घुडाँ ट्क्दै बज्रको घोडा बन्दैछुँ,कल्पनामा देशको घोडा बन्ने मेरो सपना कहिले पुरा होला कुन्नी??