थरुहट आन्दोलनको लागी बर्दीयामा बृहत् भेला/थाकस केन्द्रिय समितीद्वारा भेला बहिष्कार

Saturday, 30 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(थारुवान ड्टकम) 
बर्दिया := थरुहट थारुवान संयुक्त संघर्ष समितिको बृहत् भेला आज बर्दियाको ठाकुरद्वारामा हुँदैछ । थरुहट आन्दोलनको अगामी स्वरुप कस्तो हुने र कैलाली जिल्ला अदालतले टीकापुर घटनामा जन्मकैद सुनाएका सांसद रेशम चौधरीसहित ११ जनालाई कसरी रिहाई गराउनेलगायतका एजेन्डामा बृहत छलफल हुँदैछ । भेलामा झापादेखि कञ्चनपुरसम्मका थारुहरुको सहभागीता रहने भनिएको छ ।
कार्यक्रम संघर्ष समिति कैलाली र बर्दियाको विशेष पहलमा भएको हो । कार्यक्रममा थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमितिका युवा सभापतिहरुको एक्येबद्धतामा रहेपनि थारु कल्याणकारिणी सभाले भने उक्त भेलालाई बहिष्कार गरेको छ । केन्द्रसँग सल्लाह नगरिकनै कार्यक्रम राखेको भन्दै सभाको केन्द्रीय कार्यसमितिले बहिष्कार गरेको हो ।
‘केन्द्रीय अध्यक्ष धनिराम चौधरी भूमिगत रहेको अवस्थामा हामीले केन्द्रीय कार्यसमितिका महामन्त्री, सहमहामन्त्रीसँगको सल्लाहले नै कार्यक्रमको मिति तय गरेका थियौं । तर केन्द्रीय कार्यसमितिलाई आफ्नो कब्जामा लिइएका केही व्यक्तिहरुले हामीसँग सल्लाहबेगरै कार्यक्रम गर्नलागेको भन्दै विरोध जनाए,’ कैलालीका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हुँदाहुँदै त्यही दिन केन्द्रीय कार्यसमिति बैठक बोलाएर भेला भाँड्ने काम भएको छ ।’
केन्द्रीय कार्यसमितिका एक पदाधिकारीका अनुसार रुक्मिणी चौधरी, किशोर विश्वासलगायतले आफूहरुसँग सल्लाह नगरिकनै कार्यक्रम आयोजना गरेको भन्दै विरोध जनाए । ‘लक्ष्मण थारुको पहलमा यो कार्यक्रम भइरहेको भन्ने बुझाई उहाँहरुको रहेछ,’ ती पदाधिकारीले भने।
यो घटनाले केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिबीचको फाटो कति रहेछ भन्ने पुष्टि हुन्छ । थारुहरुको छाता संगठनको रुपमा चिनिएको थारु कल्याणकारिणी सभाले सामाजिकसँगै थारुहरुको राजनीतिक मुद्दाबारे पनि बाल्दै आएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu