माघी मिलन साँस्कृतिक महाेत्सवकाे तयारी पुरा/पत्रकार सम्मेलन गरि सार्वजनिक।

Saturday, 12 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= माघी मिलन साँस्कृतिक महाेत्सवकाे सबै तयारी पूरा भएको अायाेजकले पत्रकार सम्मेलन गरि अाज जानकारी गरएिको छ । कपिलवस्तुको शिवराज न.पा.९, भगवानपुरकाे प्राङ्गणमा यहि पाैष २९ गतेदेखि ३ दिन सम्म सञ्चालन रहने महाेत्सव संयाेजक रमेश चाैधरीले बताउनुभयो।

     "हम्मन संस्कृति हम्मनके शान, भुमिपुत्र थारु हमरे बचाई अपन पहिचान" भन्ने मुल नाराका साथ सञ्चालन हुनालागेकाे महाेत्सवकाे भाेली हुने समुद्घाटनमा प्रदेश नं.५ का माननीय अभिषेक प्रताप शाह प्रमुख अातिथ्यता रहने अायाेजकले बताएकाे छ ।

     साँस्कृतिक महाेत्सवकाे मुख्य अाकर्षण थारु भेषभुषा, पहिरनमा लेहंगा, चाेलीया, अंगिया, मंगिया, सुतिया, काठले बनाएकाे चप्पल(पाैवा) जस्ता राेचक रहने छ । त्यसैगरी खानपिनमा घाेंघी, गगताे, झिंगा माछा रहने साथै हस्ताकला समाग्री ढेंकी, ढकिया, लह्रिया, नुन राख्न बनाएकाे काठकाे भाँडाे(डाेक्वा) लगायतका परम्परागत लाेप हुँदै गएका सामाग्री अवलाेकन गर्न सकिने बताईएकाे छ ।

     त्यसैगरी सांगीतिक तर्फ कार्यक्रममा अाकर्षणका मुख्य केन्द्रविन्दु निकै चर्चित गायक श्रीनिवास चाैधरी, सुमधुर स्वरका धनी गायिका समीक्षा चाैधरी, अन्नु चाैधरी, गायक सिमान्त चाैधरी, सरगम चाैधरी, उत्तम चाैधरी, रमेश मिसन, रन्जित चाैधरी, र माेडेल सुनिता दहित लगायतको बेजाेड प्रस्तुति रहेने साँस्कृतिक संयाेजक शिवराज थारु बताउनुभयो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu