हामी थारु भुमिपुत्र जय जय जय नेपाल,
जय थरुहट परमपरा सुन्दर शान्त विशाल,।
हामी थारु मुलबासी आ आफ्नै छन पहिचान,
हामी सबै थरुहट मिलि थारु परमपराको गरौं सम्मान,।।
हामी थारु आदिवासीको छन छुट्टै देशमा पहिचान,
देशका आम थारुहरु दिइए कै छन त्याग बलिदान,।
कयौं थारु ज्यान गुमाए बने इतिहास पुरान मै सहिद,
थारु आदिवासी कै माग अधुरो रहे परे जेल सहित,।।
हाम्रो परम्परा नेपाल आमाको चिनो थारु नारी,
कुनै सुनुवाइमा नाम परेका छैनन् छन प्यारी नारी,।
आजका थारु युवा एकता लडाई लडछौं पहिले नारी,
आफ्नो पहिचानका निम्ति अब लाग्ने छैनन केही भारी,।।
आउ थारु आदिवासी जागौं उठाऔं सबैमिली लाठी,
युवा एकता आजको आवश्यकता जाऔं अब माथी,।
हामी थारु हाम्रो देश हाम्रो नेपाल सुन्दर शान्त बिशाल,
हाम्रो जायज मागमुद्दा हरु कहिले स्विकार्ला गरौं बबाल,।।
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियाँकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,
लेखक :- थारु युवा साहित्यकार सुरेश चौधरी