गजल
साच्चै कस्तो दिन आउला म मरे पछि
यो "दुनियाँ कति रमाउला म मरे पछि
धेरै भोकाएका ए मेरा शत्रु बैरी हो ?
टन्न भोजभतेर खाउला म मरे पछि
जन्ती गइन भनेर नरिसाउ ए साथी
मेरो "मलामी" जाउला म मरे पछि
संघर्षको अनौठो त्यो .रङ्गमञ्चमा
खै ..कसले उठाउला म मरे .पछि
अर्काको "रिस" गर्ने यो दुनियाँमा
कसको अाँखा रसाउला म मरे पछि
लेखक
पुरन बियोग दाङ