पहिले सादा र सेतो कपी थिए,।
अहिले शब्दले भरिएको किताब हुँ,।
तर बिना शिर्षक को किताब ? शिर्षक बिनाको अथवा नाम बिनाको सन्सारमा कुनै चिज बस्तु छैनन् । त्यसैले मेरो पनि एउटा नाम चाहिएको छ,। तसर्थ म सादा सेतो कपी थिए कसरी ? म बाल्यकाल हुँदा मन बर्बराइ रहेको थियो, मन गुन गुणाइ रहेको थियो, हात चलाइरहेका थिए,। तर कता चलाउने के गर्ने के लेखने मन सन्सनाइ फनफनाइ रहेको थियो,। मैले सोचे कपी सादा छ ! त्यस सेता सेता पानाहरुलाई कालो रङ्गले कहिले सजाउने। मौका पाएं, आज सजाउदा सजाउदा एउटा किताबमा परिणत भए,। सानो प्रस्न आउँछ होलान् ! कि कसरी हौं किताब ? तसर्थ म कसरी किताब ! त्यही सादा कपी मा मैले धेरै आफ्ना थारु जातिका अनेक थारु पहिचान कला संस्कृति संस्कार भेषभुसा धर्म लाई आफ्नै तराई कोचिला अर्थात "मोरङ्गिया सुनसरिया " थारु भाषामा निरन्तरता दिदै व्याख्या बर्णन गर्दै गए आज म एउटा किताब हुन पुगेको छु,। फेरि अर्को प्रस्न आउँछ ! त्यो किताब को बर्णन निरीक्षण ग्रहण कस्ले गर्यो त ? त्यो किताब पढ्नेहरू अहिले के गर्दैछन् त,? मलाई खुशी र गर्व लाग्छ,। त्यो किताबको बर्णन कस्ले गर्यो त आखिर ! हाम्रै मोरङ सुनसरी थारु खवास समाजका दाजुभाइ तथा दिदिबहिनीहरु ध्यानाकर्षण गरि बर्णन निरीक्षण ग्रहण गरि अहिले एउटा समाज सुधारक सहयोगी अभियान "विवेकशील थारु युवा समूह" सुनसरी मोरङ नामक अभियान चलाइरहेका छन,। ती युवायुवतीहरुलाई विशेष धन्यवाद र स्वागत सम्मान गर्न चाहन्छौं । कति सदस्यीय ले विवेकशील थारु युवा समूह सुनसरी मोरङ अभियान को जन्मदाता पनि भन्यो,। कतिपय ले अपमान हेला पनि गर्यो,। कतिले विस्वास पनि गर्यो, कतिपय ले अन्धविश्वासमा पनि रह्यो,। तर पनि मैले आज सम्म आफ्नो थारु जातिका हितका लागि पहिचानका लागि थारु समाजलाई आफ्ना थारु समाजका कुरिती बिकृती विसङतीलाई मध्यनजर गर्दै थारु समाजका लागि आफ्नै साहित्यिक मोडमा माया झल्काउदै फेसबुक संजाल मार्फत कुनै कमि राखेको छुइन । शहनशिलता कै अर्को नाम विवेकशीलता हो,। जसमा शहनशीलता छैनन त्यो व्यक्तिले कहिले विवेकशीलताको परिचय दिन सक्दैनन् ।
म को हुँ र तिमी को हौं । थारु होइन र ! तर पनि एक आपस मै एक अर्काप्रती स्वार्थिपन देखाइ मनमा रिसडाह अहम घमण्ड देखाइ जुध्न जान्छौं । आखिर किन र ! के चाहियो कसलाई ? आखिर यो सन्सारमा जन्मे देखि मृत्यु सम्मको यात्रामा के नै लिएर जान्छौं । सिर्फ नाम कमाएर जान्छौ,। मन त थियो नि गाउँ गाउँ मै गएर हाम्रो थारु खवास समाजको विकराल समस्या "दहेजप्रथा" अर्थात दाइजो लिनेदिने सिस्टम लाई लगाम लगाउने, तर कसरी लगाउने त अब बिना शिर्षकको किताब हुँ ।
"सुर्यको किरण धर्तिमा पर्दा"
मैले बर्षाएका पानी धर्तिमा अमृत झै बगिरहोस,
मैले लेखेका साहित्य सन्देशहरु हृदय दिलमा गुन्जिरहोस,।
फुल झै फुले थियौं थारु समाजमा किन ओइल्यायौं,
आकाशमा जति तारा भए पनि सुर्यकै घाममा बसिरह्यौं,।।
सुर्यको घाम सन्सार उज्यालो गर्छन् सबैले ताप सहनै पर्ने,
बादलहरु जति ढाकेपनि सन्सार मा उज्यालो दिनैपर्ने,।
जसरी सुर्य ढल्दै जान्छ त्यसरी नै फुल ओइलिन्छ,
जसरी सुर्य उदाए पछि त्यसरी नै ताराहरु लुकिन्छ,।।
सुर्यको घाममा सप्तरङ्गी सितारा किरण देखिन्छ,
हाम्रो यो अजनबि सन्सार मा जताततै भ्रम देखिन्छ,।
थारु युवा साहित्यकार पनि समाज सुधार खोजिन्छ,
थारु समाज कै युवा पुस्ताहरु कहिले बेकार देखिन्छ,।।
यो समाज ले अरुलाइ जिन्दालास बनाउछ,
यो समाज ले आफुलाइ महान विद्वान ठान्दछ,।
यो समाज ले काम गर्नेलाई लत्याइ भाग्दछ,
यो समाज ले बिचैमा हावाहुन्डरी ल्याउदछ,।।
कसलाई थाह छैनन् समाज स्वार्थिपन रहेछ,
कसलाई थाह छैनन् समाज अन्योलमा परेछ,।
कसलाई थाह छैनन् समाज म सङ्ग छल गरेछ,
कसलाई थाह छैनन् समाजमा हिंसा भ्रष्ट रहेछ,।।
सत्य तथ्य साहित्य हो धन्यवाद छ ईश्ट्र मित्र,
हरेक साहित्य सन्देशमा समाज बसेको छ मेरो भित्र,।
www.skfm.com.np नाम दियो थारु युवा साहित्यकार,
समाजकै युवापुस्ताका बोलीप्रभावले भएको छु लाचार,।।
थारु युव साहित्यकार सुरेश चौधरी मोरङ खुनियाँंकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ जन्मदाता,