आज भोलि भन्दै थियौं कहिले आउँला होलि, कतिको अनुहार मा दु:खद पिडा छन होला आज भोलि

Monday, 13 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


आज भोलि भन्दै थियौं कहिले आउँला होलि,
आज भोलि जताततै किन खेल्छौ रगतको होलि,।
कतिको अनुहार मा दु:खद पिडा छन होला आज भोलि,
देश लाई बर्बाद पारी छोडयौ हे नेताकार्यकर्ता केपी ओलि,।।
एक दिन एक रात थिएन कसैको साथ किन आयौं होलि ,
जातिय बिवाद ल्याइयो देशमा नेताकार्यकर्ता आज भोलि,।
कसरी सुखी खुशी हुन्छन् हाम्रो थारु समाज खै आज भोलि,
कतिले सम्झिन्छन होला रगत को आँसु बगाइ ह्यापी होलि,।।
एकदिन एक रात थियो सपना थियो रङ्गाउने चौबन्धी चोली,
कतिले सम्झिन्छन होला आँसु को धार फाली ह्यापी होलि,।
भन्ने ले भन्छन सुन्ने ले सुन्छन के गर्दैछन् होला केपि ओलि,
टीकापुरका घटना बिर्सेका थिइनौ फेरि खेल्यो रगतको होलि,।।
थरुहट थारुवान मुल्यवान आफ्नै छन रे थरुहट को पहिचान,
कतिपय ले जातिय हकहित का निम्ति दिए देश मा बलिदान,।
देशका नेताकार्यकर्ता अझै बुझेका छैनन हामी आदिवासीका माङ्ग,
कतिले ज्यान का बाजि थापी दिइदैछन बिच होलि मै बलिदान,।।
होलि आयो भन्दैमा खुशी हर्शित न हुनु हो हामी थरुहट थारुवान,
कैलाली कंचनपुर टीकापुर का रङ्ग थियो आखिर बहु मुल्यवान,।
कसले बुझला कसले बुझिदेला हामी थारु आदिवासीको अपमान,
सोचौं बुझौं आम थारु हो इतिहासमा कहिले रहला अमर नाम,।।
थारु युवा साहित्यकार सुरेश चौधरी पुर्वी तराई मोरङ बिराटनगर,
होलि मा कसलाइ के शुभकामना दिनु यहि हो हाम्रो साहित्यिक लहर,।
देशका भ्रष्टाचार नेताकार्यकर्ता हिंसा गरि फैलाउदै छन देशमा जहर,
बलिदान दिएका ती बिरगती पुरुष लाई सम्झी रहोस इतिहासमा अमर,।।
थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ लखन्तरी १ खुनियाँकटा,
विवेकशील थारु युवा समूह सुनसरी मोरङ संस्थाका परे मुल जन्मदाता,

लेखक सुरेर चौधरी
संप्रेषक राम थापा

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu