[[कविता]]
"हराएको मेरो देश"
"
कठै !
हराएको मेरो देश ब्यबस्था
परिबर्तनको नाममा अनेकौं छालहरुमा
बिछिप्त हुँदै लडिरह्यौ लडाइरह्यौ
उठेनन् सामार्थ्य पैदा हु सकेन।
जसको चपेटामा होमिरहेका छौँ।
ब्यबस्थाका नाइके जन्माइ रह्यौ
तर नाइकेले बुझेनन्
उसको मर्म,पीडा,यौवन र उत्साह!
आज चलिरहेको छ,
आन्तरिक कार्यब्यबस्था भित्र जन्जिरको साङ्लोले गुथिरहदा,
पर- उपनिवेसिक औचित्यमात्र सिमित भएको छ !
यौन शोषण, अन्याय ,अत्याचार बाल शोषणको वृद्धि हुँदैछ
यहाँ किनकी मेरो मातृभूमिमा ताला लागेको छ
भोटे ताला! फोड्नै नसक्ने।
हामी जहाँ बेचिएको भए पनि कथा,ब्यथा
अनि
पीडा उस्तै छ कोही यातना बिभोर भई जीवन नास्तिक कल्पी मरे,
मर्दैछन,मर्नेवाला छन्।
यस्को जिम्मेवारी को?
के हाम्रा लागि मानवअधिकार लागू हुँदैन?
मन रुदा तनले समाल्छ
तर ,
यहाँ तनै नरहे हामी कहाँ रहेने?
हाम्रो प्राण कहाँ रहने?
रोएर चिच्याएर कराएर भन्न मन लाग्छ
राजनैनिक धन्दा छोडए !
राष्ट्र बेच्ने दलाली हो ,सुन ,
मातृभूमिको रक्षाको निम्ति तार्किक कलम चलाउदा के बिग्रीन्छ?
"
सन्ध्या सापकोटा
टेह्रथुम
Home
Literature
"हराएको मेरो देश"