पख, देश द्रोही भ्रष्टाचार नेता हौं(साहित्य/रचना)

Monday, 8 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

------कविता------
पख, देश द्रोही भ्रष्टाचार नेता हौं,
को हुन गलत , को छन सज्जन
चिनिसके जनताले ,
तिमीहरूको लेखाजोखा गरिसके जनताले,
पख, देशद्रोही भ्रष्टाचार नेता हौं।।

भुक्ने कुकुरले टोक्दैन ,
तिमीहरुको भासणले देश बन्दैन ,
जनताको आखामा छारो हानेर ,
दोहोरी गाएर तलब ,भत्ता पचाउन पाइन्न ,
पख, देशद्रोही भ्रष्टाचार नेता हौं ,
को हुन गलत , को छन सज्जन
चिनिसके जनताले।।

तिमीहरूले खेल्ने खेल थाहा पाए जनताले,
नौ,नौ महिनामा सरकार बदलिँदै
आ-आफ्नो ढुकुटी भरेको चाल पाए जनताले,
पख, देशद्रोही भ्रष्टाचार नेता हौं ,
को हुन गलत , को छन सज्जन
चिनिसके जनताले।।

एकअर्का माथी आरोप प्रत्यारोपको बीउ नरोप,
जनताले मूर्ख बनाएको चाल पाइसके,
सक्छौं भने मिलेर काम गर, देश विकास गरेर देखाउ,
सक्दैनौं भने तँछाडमछाड भन्दै खुट्टा तान्ने काम नगर,
को हुन गलत , को छन सज्जन चिनिसके जनताले।।
                      
                   लेखक:=बिनोद चौधरी।
                   जय नेपाल/जय थरुहट
                             धन्यवाद!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu