हमार सनेश सहकर्मी ,,
ओम किशोर चौधरीको अभिनय रहेको सुना हो यार भन्ने बोलको भोजपुरी गीत आज देखि युवट्युव मार्फत सार्वजनिक गरिएको छ।
पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका रौतहटेली संचारकर्मी चौधरीको म्युजिक भिडियो १४ फेब्रुअरी अर्थात प्रणय दिवसको अवसर परेर विशेषता क्रिएसनले युवट्युव मार्फत सार्वजनिक गरेको हो । रौतहट र बारा जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा निर्माण गरेको सो म्युजिक भिडियोमा चौधरी बाहेक संचारकर्मीहरू मनिता पाण्डे, मुकेश कुमार साह साथै निरज तिमल्सिना,राज जयसवाल र दीपा पौडेलको समेत अभिनय रहेको छ ।
मुकेश कुमार साहको शब्द, किसन यादवको स्वर तथा विशाल राज राईको सम्पादन रहेको सो म्युजिक भिडियोको निर्देशन भने युभास श्रेष्ठले गरेका छन । प्रेममा कसरी विश्वास घात हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको उक्त गीतको छाँयाकंन रौतहट जिल्लाको पर्यटकीय स्थल नुन्थर, सहिद स्मृती पार्क लगाएतका स्थानमा गरिएको निर्देशक श्रेष्ठले बताए ।
( तलको लिङ्कमा क्लिक गरि पुरा भिडियो हेर्नुस् )
( तलको लिङ्कमा क्लिक गरि पुरा भिडियो हेर्नुस् )