नेपाल् तामाङ घेदुङ मलेसिया , तामाङ समाज बिच एकता हुँदै / तामाङ समुदाय एकजुट ।

Monday, 17 June 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,
अर्पण मगर,,
मलेसिया:= अाईतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित परदेशी रेस्टुरेन्टको प्राङ्गणमा तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको संयुक्त रुपमा विषेश छलफल सम्पन्न भएको छ।

तामाङ घेदुङका अध्यक्ष श्याम घिसिङ तथा तामाङ समाज मलेसियाका अध्यक्ष टासी पाल्मो वाईबा तामाङ साथै सम्पूर्ण पदाधिकारीहरू सहित संयुक्तरूपमा बसेको छलफल बैठकले २००५ मा मलेसियामा स्थापित गरिएको तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ शाखा मलेसिया संग समायोजन हुने,एकता गर्ने निर्णय गरेको छ। 


सोही छलफल कार्यक्रममा तामाङ घेदुङका अध्यक्ष श्याम घिसिङले तामाङ समाज मलेसियाका सम्पूर्ण पदाधिकारीहरू लाई खादा अोढाई सम्मान तथा स्वागत गरेका थिए। विगत १४ वर्ष अघि स्थापित भएको तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ संग एकीकृत भैइ सम्पुर्ण तामाङहरुको छाता संगठन बनाउने साथै एकतालाई पुर्णता दिन एेतिहासीक प्रथम अधिवेशन यहि आउदो जुलाई २१ तारिख राजधानी क्वालालम्पुरमा गर्ने निर्णय समेत गरिएको छ ।

अधिवेशन सफल बनाउन राजेन्द्र वाईबा तामाङको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ। 
गठित संयोजक समितिका सदस्यहरुमा क्रमश:- फूर्वा दोर्जे मोक्तान,बिक्रम वाईबा तामाङ,छेवाङ पाख्रिन तामाङ,मिलन थिङ तामाङ,टासी पाल्मो वाईबा तामाङ ,श्याम घिसिङ तामाङ ,प्रकाश थोकर तामाङ , भिम बहादुर लोप्चन तामाङ,सबिन लोप्चन तामाङ,मिङ्खु लोप्चन तामाङ र कृष्ण मोक्तान  तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu