[[गजल]]
"
यो जिन्दगी, चलाउनुछ किस्ता किस्तामा।
बगरमा सुन, फलाउनुछ किस्ता किस्तामा।
मलाई झुठो प्यार दिएर, छाडी जानेहरुको।
अब तस्बिर, जलाउनुछ किस्ता किस्तामा।
आफ्नै देशमा कुटो कोदालो, हंसिया बोकेर।
श्रम गरी माटो, गलाउनुछ किस्ता किस्तामा।
यि रुखहरुलाई बसन्तको आगमन बिना नै।
कसैगरी पनि, पलाउनुछ किस्ता किस्तामा।
आफ्नो घर भत्काई दिने हात्तिहरुको विरुद्ध।
कमिलाले हात्ती, ढलाउनुछ किस्ता किस्तामा।
"
Admin:
अंकर 'अन्जान सहयात्री'
जानकी गाउँपालिका-8
जबलपुर,कैलाली
