थारु फिल्म गोटियार : ‘भाई फुटे गँवार लुटे’ ।

Wednesday, 22 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लखन चौधरी ,,
बर्दिया:= रामस्वरुपका छोराहरु धनीराम र अट्वारी दाजुभाइबीच अंशबण्डा विवाद झन् झन् झांगिदै गएको छ।रामस्वरुपले विवाद समाधानका लागि समुदायसहित आफ्नो घरपरिवार लिएर पञ्चावाको घरमा विवाद मिलाउन खोज्दा झन् विवाद उग्र बन्दै गएको हो । थारु फिल्म गोटियार निर्माणको क्रममा फिल्मका पात्रहरू रामस्वरुपका छोराहरू घरको सम्पति र अंशबण्डाको कुरा नमिलेपछि अदालतसम्म विवाद पग्ने अवस्थामा रहेको हुन्छ । थारु समुदायको यिनै संस्कार र कानूनी जटिलतालाई फिल्मको विषयवस्तु बनाएर चित्रण गर्न खोजिएको छ । 



फिल्ममा धनीरामको बुवाको मृत्युपछि वर्ष नबित्दै थारु संस्कार अनुसार रामस्वरुपले धनीरामको आमा रामधनियाको घरमा भोर पेल्छ अर्थात् विधुवा बनेकी रामधनियासँग विवाह गर्छ । रामस्वरुप आएको केही दिनमा रामस्वरुप र रामधनीयाको कोखबाट बच्चाको जन्म हुन्छ अर्थात् अटवारीको जन्म हुन्छ । यसलाई थारु संस्कृति र संस्कारले सहज रूपमा स्वीकार गर्छ र उनीहरूको सुखी र खुसी परिवारको रूपमा चलिरहेको हुन्छ । 
केही वर्षपछि धनिराम जवान हुन्छ । विवाह पनि हुन्छ । तबदेखि घरमा खटपट शुरू हुन्छ । घरमा अंश र सम्पत्तिको कुरा शुरू हुन्छ । दुई भाइको आमा एउटै भएपनि बुवा फरक हुन्छ । जसले गर्दा नाता प्रमाणित गर्दा कानूनी रूपमा दुई बुवाका छोराहरु देखिन्छन् । धनीराम भने आफ्नो बुवाको जग्गा आफ्नो नाममा गराइसकेको हुन्छ । रामस्वरुपको नाममा जग्गा भने एक धुर पनि हुँदैन । अनि कानूनी रूपमा अट्वारी त्यो जग्गाको अंशियार हुँदैन । पञ्चावा र गाउँ समुदायले भने उसको भाइ हो भनेर व्यावहारिक रूपमा भएपनि जग्गा पाउनु पर्छ भन्ने दाबी गर्छन् । तर धनीरामको श्रीमती चेचिया र धनीरामले आफूहरू कानूनी रूपमा बलियो भएकोले नदिने पक्षमा हुन्छन् । यसै विवादले घर छुट्टिएर अलग–अलग भएर गोटियार हुन्छन् । उनीहरूको मुद्दा अदालतमा गई सर्वोच्च अदालतसम्म पुग्छ तर मुद्दाको टुंगो लाग्दैन, भएका सम्पत्ति पनि सकिन्छ । उमेर छिप्पिँदै जान्छ तर विवाद ज्यूका त्यूँ रहछ । यसै विषयवस्तुको वरिपरि गोटियार फिल्मको निर्माण भइरहेको छ निर्देशक चन्द्र चौधरी (चाँद) ले बताए।

फिल्मलाई बहादुर बैरागीले लेखेका हुन् भने निर्माता रामसोहन चौधरी, बहादुर बैरागी रहेका छन् । त्यस्तै चन्द्र चौधरी (चाँद) र बहादुर बैरागीको निर्देशनमा निर्माण भइरहेको फिल्ममा बहादुर बैरागी (रामस्वरुव) कमली चौधरी (रामधनीया), विवश चौधरी (धनिराम), सुनिता चौधरी(चेचिया), निरज बाबु (अट्वारी) लगायतको भूमिका रहेको छ ।
फिल्म बर्दियालगायतका जिल्लाहरूमा छायांकन भइरहेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu