आर एन चौधरी थारु ,, मलेसिया := “यस्तो एउटा संसार” बोलको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ। मोडल हिरोजन तुम्बाहाम्फे र कल्पना गुरुङको लोभलाग्दो अभिनय र जोडी संगै मायाप्रेमको कमेस्ट्रीले भरपुर यस् भिडियोको गीतमा जानु कामबाङ लिङदेनको शब्द, गंगा राज राईको संगीत रहेको छ्न भने उदय राज पौडेलले ब्यवस्थापन गरेका हुन। छायांकनको बेला देखि नै व्यापक चर्चामा रहेको र एकदमै मनोरञ्जनात्मक बाताबरणमा तयार पारिएको यस गीतमा सुनिता थेगिम र गंगा राज राईले सुमधुर स्वर दिएका छ्न।भिडियोलाई बुढा सुब्बा डिजिटल प्रा.लिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गितको शब्द संगित अरु भन्दा निकै फर्क तरिकाको र अब्बल रहेको छ।त्यस्तै गीतको भावले पनि धेरै दर्शक श्रोताको मन छुने,तान्न सक्ने संकेत देखिएको छ। यस गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन मलेसियाको विभिन्न रमणीय,सुन्दर ठाउँहरुमा गरिएको हो।मञ्जरी थिएटर ग्रुपको प्रस्तुति रहेको यस गीतको भिडियोमा फुर्वा दोर्जे मोक्तानको छायांकन, राजेन्द्र खड्काको सम्पादन र अमिर माबोको निर्देशन रहेको छ। भिडियोको पोस्ट प्रोडक्सनको काम भने अर्सु फिल्मसले गरेको हो।अहिले सम्मकै अरु भन्दा फरक भिडियो निकै नै उत्कृष्ट बनेको छ, भिडियो सुन्दर बनाउनको लागि निर्देशन अमिर माबोको प्रयास तारिफ योग्य नै रहेको छ।
तलको फोटोमा क्लिक गरि पूरा भिडियो हेर्नुहोस :=