गजल/कबिता/रचना………………
पहिले भुकम्पले मर्यो नेपाली जनता
अहिले फेरि बाढी पहिरोले मर्दैछ-२
नेपालमा ठुला ठुला भाषण गर्ने केपि शर्मा ओलि,प्रचण्ड,सेरे लगायतको नेताहरुले बाढी पिडितहरुको लागी अहिले के गर्दैछ?
नेपालमा भुकम्पले छतबिछ्प्त बनाएको घाउ
निको नै भएको छैन,
बाढी पहिरोमा परि सयौं नेपालीहरु फेरि पनि मर्दैछ
ठुला ठुला भाषण गर्ने ओलि,प्रचण्ड,सेरे लगायतको नेताहरु के हेरेर बस्दैछ?
हिजो अस्ति सम्म थियो सुन्दर गाउँ अनि बस्तिहरु
आज उजाडिएको छ ती सबै सुन्दरताहरु
मान्छे मात्र हैन पक्षु/पँक्षी चौपायाहरु पनि मर्दैछ,
सरोकारवाला निकाय र नेपालका ठुला ठुला नेताहरु
नेपालको तराई भु-भाग डुबे डुबोस तर हामी नदिको ढोका खोल्दैन भन्ने अडानको साथ कहिले ईन्डिया त कहिले चाइनाको गुलाम बनेर बस्दै छ/गुलामी गर्दैछ।
तराईमा जाडो बढे पहाडले छेक्नु पर्छ
पहाडमा बाढी आए तराईले रोक्नु पर्छ भन्ने जनताहरु
आज तराई बासीलाइ हेला गर्दै मान्छे मरेको तामासा देख्दै छ,
ठुला ठुला भाषण दिने ओलि,प्रचण्ड,सेरे लगायतको नेताहरुले बाढी पिडितहरुको लागी अहिले के गर्दैछ?
पहिले भुकम्पले मर्यो नेपाली जनता
अहिले फेरि बाढी पहिरोले मर्दैछ-२
नेपालमा ठुला ठुला भाषण गर्ने केपि शर्मा ओलि,प्रचण्ड,सेरे लगायतको नेताहरुले बाढी पिडितहरुको लागी अहिले के गर्दैछ?
# बाढी पहिरोकै कारण मृत्यु हुनु भएका नेपालको सम्पुर्ण दाजुभाइ/इष्ट मित्र/दिदिबहिनीहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु/उहाँहरुको आत्मालाई सुख शान्ती मिलोस भनी कामना गर्दछु ।
लेखक :=यस् वेबसाईटका संचालक प्रमुख तथा प्रधान सम्पादक आर एन चौधरी थारु हुन।
