त्यो खुसि जो तिमी बाट पाएको
जो तिम्रै नामको लाल पुर्जा हो
मायाको लाल पुर्जा
आज हराएको छ ।।
यि आखाहरु हेर्न बिर्सेछन
यी ओठहरु मुस्कुराउन भुलेछन
जब तिम्रो नगरि उजाड हुदा
तिमी पोख्न नचाहेका कष्टहरु
पत्ता लगाउन चाहन्छ यो हृदयले ।।
सुन,, यो कस्तो आत्मियता हो
तिमी दुखे म दुख्छ
म दुखे तिमी
भगवानले आशिर्वाद दिए जस्तै
तिम्रो र म बिचको दुरि बढाएको ।।
विष्णु कुसुम
