तिरहुत माइझ थारू (तिरहुत बाबा) संक्षिप्त जिवनी र तिरहुत वंशावली एक परिचय
संसारका ठुला-ठुला महापुरूषहरूका बिभिन्न प्रकारका किम्बदन्ति, लोकोक्ति, लोक स्रुतिको जन्म लिएकाछन। त्यस्तै थारू जातीको उज्वल तारा, बिभुती र एतिहासिक महापुरूष तिरहुत माइझ थारूको जिवन सँग-सँगै किम्बदन्ती, लोकोक्ती र लोक-स्रुती आफ्नो समबन्ध कायम राख्नु कुनै आश्चर्य कुरा होईन।
तिरहुत माइझ थारूको सम्बन्धमा बिभिन्न बर्ण, धर्म, लिंग, जाती बिद्वान र इतिहासको आधारमा बृज पितामह बास्मैन माइझ पश्चिम नेपालको तराई क्षेत्रबाट पुर्वी नेपालको तराई क्षेत्र सम्म बसाई सराई गर्दै आए। यसै वंश कुल खानदानको महा प्रतिभाशाली तिरहुत माइझ थारू कोशी नदीको पश्चिमी किनारको आसपास समतल भुभाग र घना जंगल (टापु) मा आएर बसे र अरू मानिसहरूलाई पनि संगै बसाए। उहाले जंगललाई फडानी गराउनुभयो। ठुल-ठुला रूखहरू कटाई सफा-सुग्घर बनाउनु भयो। त्यहाका जंगललाई खेति योग्य उर्वर भूमि बनाउनु भयो। उहा एउटा धेरै ठुलो भुमिपती र प्रभावशाली ब्यक्ति भएको कारण आफ्नो नामबाट मिल्ने एउटा सुन्दर गाउँ (तिरकौल) बसाउनु भयो। जुन अहिले सप्तरी जिल्लाको पुर्वी भागमा पर्दछ।
उहा एटा सत्यवादी, लोक कल्याणकारी, परोपकारी, धैर्यवान, उच्च बिचार, साहसी, बुधिमान, दुरदर्सी, धर्मपरायण र कर्तब्यनिष्ठ ब्यक्ति हुनुहुन्थ्यो। उहाँले आमा बुवालाई एकदमै आदर गर्ने ब्यक्तिमा पर्नु हुन्थ्यो। उहामा दैविक शक्ति र अलौकिक ज्ञान पनि थियो। त्यस बेला पुर्वि नेपाल (सिमरौन गढ़) का महा प्रतापी राजा शिब सिंह थियो। उहाको राज पंडित महाकबि बिधापति थिए। तिरहुत माइझ थारू धेरै ठुलो जमिन्दार थिए। त्यतीबेला यि तिन समकालिन महापुरूष थिए। उहाहरू राजा र जमिन्दारको नाताले दुबैजनामा घनिष्ट राजनितिक सम्बन्ध पनि थियो। यो कुरा यस लोकोक्ति बाट पनि प्रमाणित हुन्छ कि :-
राजा शिब सिंह आ सब छोकरा।
माइझमे तिरहुत सब झल घोसरा। (थारू भाषामा)
माइझको अर्थ हुन्छ गाउँको अगुवा प्रतिष्ठित ब्यक्ति, जमिन्दार यति मात्र नभई परापुर्व समयमा पुरै तराई क्षेत्रमा थारूहरू राज्य गर्दथे।
तिरहुत माइझ थारू १८ हाथको मुरेठा कोचाबाला धोती, पाखुरा सम्म काटेको कुर्ता लगाउनु हुन्थ्यो। थारू जातीमा मुरेठा, पाग, पगड़ी बाध्ने प्रचलन महाराजा महाराना प्रताप सिंह र क्षत्रपती शिवाजी जस्तो राठौर वंशिय राज पुतानाको खानदान बाट आएको नकि मुसलमान बाट। उहा एउटा सर्व सुसम्पन्न पुरूष भएकोले हवाई घोड़को माध्यम बाट तिरकौल नगरीमा जिव कल्याणको लागी निश्चित समय भित्र जमिनको चारैतिर घोडा घुमाएर कुदाउनु भयो। त्यती जमिनको भित्र उहाँले पोखरीको नक्शा तयार पार्नु भयो। जस्को नाप १०० बिगहाको भयो, जस्मा उहाले ५६ बिगहाको पानी जम्मा हुने भाग(पैनझाव) ४४ बिगहाको आंगन र महार (डिल) बनाउनुभयो। यो पोखरी खन्ने बेला उहाको मात्र १२ मन(४८० किलो) बेसार खर्च भएको थियो। यो कुराको पुष्टि यो भनाईले बाट पनि हुन्छ :-
पोखैरमे तिरकौल आ सब पोखरा।
माइझमे तिरहुत आ सब झलघोसरा। (थारू भाषामा)
जसरी यो पोखरी घोड़ा दौडाएर नापी लिएर खनाउनु भएको कारणले यो पोखरीलाई घोड़दौड़ पोखरी पनि भन्ने गरिन्छ। यस पोखरीको अवशेष अहिलेसम्म पनि सप्तरी जिल्लामा साबिकको तिरकौल गा.बि.स. र हालको तिरहुत गाउँ पालिकामा पर्छ।
पोखरी खनिसकेपछि तिरहुत माइझ जग-जापको लागी जाइठ (पोखरीको बिच भागमा गाडिएको ठुलो काठ) काटने जिम्मा पकरी-बिरौलको मुसन सरदार लाई दिए। मुसन सरदार धेरै नै बलियो मानिस थिए। (अहिले मुसहरहरूले मुसन सरदारको पुजा गर्छन। जाइठ काटने जिम्मा पाइसकेपछी उसका सहयोगीहरू सहित ७०० बन्चरो चलाउने मानिसहरू लिएर उतरी खण्ड हाल उदयपुर जिल्लाको बेल्का जंगलमा गएका थिए। उनीहरू सबैजान संगै जंगलमा रूख खोज्न लागे। सम्पुर्ण जङ्गल खोजतलास गरिसकेपछी एउटा अति नै सुन्दर ठुलो सालको (सखूवा) रूख देखे। त्यो रूख सम्पुर्ण जंगलको सिर रूख थियो। त्यसै रूखमा सबै देविदेवताको वास स्थान थियो। अनि मुसन सरदारले सोच-बिचार गरे तिरहुत माइझको पोखरीमा जाइठको लागी यही नै रूख असल हुन्छ। मुसन सरदारले त्यो रूखको पुजा पाठ गरिसकेपछि सात सय जना बन्चरेहरूलाई पालैपालो काटन भने। त्यसैबेला आकाशबाट एउटा आवाज आयो कि ‘हे मुसन सरदार तिमीले यो रूखलाई छोडेर अर्को कुनै रूख काटि हाल यसैमा तिम्रो भलाई हुन्छ’ किनभने यस रूखमा सबै देवि-देवताको बास छ। अनि मुसन सरदारले जबाब फर्काए ‘तिरहुत माइझको पोखरीको लागी यहि नै रूख असल छ, यस कारण म यस रूखलाई काटछु’। यति कुरा भनिसकेपछी उसले रूख काटन पहिलो चोटी बन्चरो हाने। त्यस पछी सबैले पालै-पालो गरि रूख काटन सुरू गरे र अन्तमा रूख काटी सक्यो। तर दैविक शक्तिको प्रभावको कारणले रुख नढलि ठाडै रह्यो। ता पनि बलवान मुसन सरदारले रुखलाई खसाले। उसले १८ हातको लकडीको टुक्रा काटे र छाटकाट गरेर १२ हातको माटो चौपाटा बनाए। त्यही समयममा उसलाई तिर्खा लाग्यो। उसले भाइलाई पानी ल्याउन पठाए। दैविक प्रभावको कारणले मुहानहरुमा कतै पनि पानी भेटेन अनि उसको भाइ पानी लिन कोशी नदी गए र पानी लिएर आउँदैगर्दा त्यही समयमा साधुको भेषमा श्री सहलेशले त्यसलाई भन्नुभयो जसलाई तिमीले पानी दिन जादैछौ त्यो मानिसको स्वर्गवास भइसक्यो। यति सुन्दा त्यसले पानीको भाडो फ्याकेर रुदैँ आफ्नो भाइको नजिकमा पुग्यो। र मुसन सरदारले भाइसँग पानी माग्यो। तब त्यसको भाइले बाटोमा सुनेको कुरा सुनाए। तिर्घाएको मुसन सरदारले फेरी भालमान्ती नागनागिन मुलबाट पानी लिन पठाए, उसको भाइ पानी लिन गए। मुसन सरदार कर्तव्यनिष्ठा व्यक्ती भएकोले उसले लकडी उठाएर काधँमा लिए र सवारी गाडीमा लाद्न लागे। त्यसै बेला लाद्ने बेलामे नमिलेको कारणले लकडी उसको तिर्घामा खस्यो र अमरत्व र पुष्पाञ्जली प्राप्त गरे। अहिले सम्म जाइठको चौपाटा लकटीको टुक्रा बेलका जङगलमा आजपर्यन्त छ। त्यो लकडी पोखरीमा आउँन सकेन त्यसकारण तिरहुत माइझको पोखरी अयोग्यै रह्यो।
एक दिन तिरहुत माइझ थारु आफ्नो दरवारमा सभा गरेर मौजामाल राजपाठ सम्बन्धी विभिन्न विषयमा छलफल गरिरहेका थिए। उहाँको बुहारी नुहाउनको लागि पौखरीमा गइन। नुहाउने बेला उसको खुट्टामा एउटा जिन (फलामको साङ्ला) बाधियो र त्यो जिनले उसलाई पोखरीको बिच भागतिर तान्न लागे। उसले छुटाउने धेरै प्रयास गरे पनि सफल हुन सकेन। अन्तमा उसले पोखरीलाई भनिन, “हे पोखरी माता मलाई घरमा सानो दुध खाने बच्चा छ, उसलाई दुध खुवाउन जान दिनुहोस” त्यसपछी तपाईलाई जे ईच्छा लाग्छ त्यसै गर्नुहोला, त्यसपछि पोखरीले मानि हाल्यो। अघि-अघि उ जान थाली पछी-पछी त्यो जिन पोखरी बाट घर सम्म पुगे। उसले आफ्नो बच्चालाई दुध खुवाउदै गर्दा धुरू-धुरू रून थाली। तिरहुत माइझको दरवारमा माननिय र गाउँको मानिसहरू जम्मा भैहाले। यो अवस्था देखेर तिरहुत माइझले पोखरीलाई बिन्ती गरे कि “म एक जिवको बदला हजार जिव दिन्छु” तर माफ गरिदिनुहोस। तर उसको खुट्टालाई जिनले छोडेन। त्यसपछी उ लोहार, सुनार, कामी, बरहीलाई बोलाएर त्यो जिन काट्न लगाए तैपनि जिन कटेन। अनि उहाको बुहारीले आफ्नो बच्चालाई तेल, गाजल लगाएर झुल्ला (दोरी) मा सुताइ दिइन र माया पुर्वक चुम्मा लिएर जिनलाई भनिन, “तिमीले नछोड़ने भए मलाई लिएर हिड़।” अनि त्यो जिनले उसलाई पोखरी तिर तान्न लागे र तानेर पोखरीको बिच भागको पानीमा लगे र उनि डुबिन। यो दु:खद घटना देखेर तिरहुत माइझ दृढ संकल्प गरे, कि जसरी तिमीले मेरो बुहारीलाई पोखरीमा डुबायौ त्यसरी नै तिमीलाई ‘म ‘महुली’ नदीद्वारा मार्छु’ र भने जसरी मैले तिमीलाई जन्माए (खनाए) त्यसरी नै तिमीलाई म मार्छु। यति भन्ने बितिकै उहा निराहार(भोकै) उत्तर दिशा जंगल तर्फ लाग्नु भयो। उहा महुली र गौरी नदीको बिच माथी दोभानमा पुजा-पाठ गरे अनि कुश थरमा बसेर कठोर तपस्या सुरू गरे। सात दिन सात रात बितिसकेपछी महुली, गौरी र शंकर भगवान दर्शन दिए र भने, “माग, हामी सँग जे माग्नु छ माग” अनि तिरहुत माइझ कुशथैर बाट उठे, र दुई हाथ जोडेर आफ्नो बुहारीको दु:खद घटेको घटना सबै सुनाए र भने, “मैले दृढ संकल्प गरेको छु कि महुली नदी बाट पोखरीलाई मार्ने छु र पुर्ने छु। त्यसपछी तिन जनै देव-देवीले भने तिम्रो मनोकामना पुरा हुन्छ। यदि मेरो मनोकामना पुरा भए पछी म तिमीहरूलाई सुनको चर्खा-चर्खी चढाउनेछु। (जसरी तिरहुत माइझ पुजा पाठ गरेर कुशथैर बसे र तपस्या गरे। अहिले त्यो स्थानको नाम भयो “तिरहुत गोरमोराइन थान”। अहिले पनि त्यस ठाउँमा प्रत्येक नयाँ वर्ष बैशाख १ गते तिरहुत बाबा सहित ५६ कोटी देवि-देवताको पुजा हुन्छ।) अनि महुली माताले भनिन, जुन जुन बाटो तिमीले खरही गाड़दै जान्छौ, त्यही त्यही बाटो भएर म बाढीले उभ्रेको नदीको रुपमा जान्छु र तिम्रो पोखरीलाई नष्ट गर्छु। जब म तिम्रो पोखरी नजिक पुग्छु, तब भन्नु मार मार! त्यसपछि तिरहुत माइझ खरहीको ब्यबस्थामे जुटे। त्यसै बखत भरार कुना बाट बेस्सरी बादल लाग्यो र बिजुली चमकिन थाल्यो अनि मुसलधार बर्षा सुरू भयो। महुली खोला बाढीले उभ्रिन थाले। तिरहुत माईझ अघि-अघि खरही गाड़दै गए। पछी पछी महुली माता बाढीले उभ्रेको नदीको रूपमा आउन थाले। यो कुरा यो लोक श्रुतीले पुष्ट हुन्छ कि :-
अगा-अगा तिरहुत हुलकल जाइ।
पछा-पछा महुरी दुलकल आइ।। (थारू भाषामा)
आउँदा आउँदा पोखरीको भरार कुनामा पुग्यो अनि तिरहुत माइझले भने मार मार! उतातिर पोखरीमा झिङेमाछा(गोरा माछ) को बाँध लागी हाले। अनि महुली नदी पछाड़ीको दिसा घुमी हाले र चमैनिया धार(खोला) लाई साथमा लिई आए र फेरी पोखरीमा हमला गरे। चमैनिया धार(खोला) को हड्डीले गोरा माछाको बाँधमा पानीको छाल सँगै उफ्रियो अनि गोरा माछाको बाँध टुटयो र महुलीले पोखरीलाई पुरेर भरार कोन बाट निक्लेर कोशी नदीमा गई मिसिए।
त्यसपछि तिरहुत माइझ थारू नेपाल-भारतको बिभिन्न धार्मिक, दार्शनिक, एतिहासिक स्थानहरूको तिर्थाटन र भ्रमण गरेका थिए। जसलाई पद्म सम्भव र बुद्ध अवतार मानिन्छ। त्यही तिरहुत कामरूप भए भनेर लेखिएको छ। तिरहुत थारूमा दैविक शक्ति र अलौकिक ज्ञान भएको कारणले तिरकौल बासी अथवा अन्य अरू सबैको हर किसिमले जन कल्याण हुन्थ्यो र अहिले पनि हुन्छ। त्यसैले उहा सताब्दियौ देखी लिएर अहिले सम्म पुजनिय वा पुजयमान छ। अरू देवी-देवता जस्तै बिभिन्न चाड़ पर्वमा प्रत्येक बर्षको नयाँ साल जुरसितल को दिन बैशाख १गते, अषाढको अषाढी पुजामा सम्पुर्ण तिरकौल बासीहरूले उहालाई श्रद्धापुर्वक सभक्ति साथ पुजा अर्चना गरिन्छ।
मिती २०५३/११/१६ गते तिरहुत बंशज द्वारा तिरकौलमा तिरहुत बाबाको मन्दिर सिलान्यास भयो र पुर्ण सुन्दर मन्दिर निर्माण भईसकेको मितिपछि मिती २०५५/१/१ गते समुदघाटन त्यसैदिन देखि तिरकौलमा तिरहुत बाबाको स्थानमा प्रत्येक बर्षकै जुर सितलको दिनमा तिरकौल बासी र तिरहुत बंशजहरूको सहयोगमा तिरहुत मेला लाग्ने गरिन्छ। अहिले त्यो स्थानमा हाट-बजार समेत लाग्ने गरिन्छ। अन्तमा तिरहुत बाबाले सबैको पुर्ण कल्याण गरून भनि शुभकामना ब्यक्त गर्दछु।
स्मरण रहोस :-
साबिकको तिरकौल गा.बि.स. हाल ६ वटा गा.बि.स. मिलाएर तिरहुत गाउँपालिका बनेको छ। नेपाल सरकारलाई धन्यवाद। सप्तरी जिल्लामा माथी उल्लेख गरे जस्तै तिरहुत बाबाको धार्मिक धरोहरहरू तिरकौलमा मन्दिर र महुलीमा तिरहुत गोर मोराइन थान रहेको छ। त्यस्तै हालको कृष्णा सबरण गाउँ पालिकाको जण्डौल बकधुवा जाने बाटो महुलीको किनारमा रहेको एक कठ्ठा जग्गामा अवस्थित चार कोठे भवन तिरहुत थारू सेवा समितीको नाममा अवस्थित छ। तिरहुत थारू खासगरी पुर्वी नेपालको सिरहा देखी झापा सम्म ६ जिल्लामा बसोबास गरेको भेटिन्छ।
धन्यवाद।
लेखक:
तुलसी तिरहुत थारू
Homeतिरहुत माइझ थारू (तिरहुत बाबा) संक्षिप्त जिवनी र तिरहुत वंशावली एक परिचय