जी टिभीबाट प्रसारण हुने सारेगामापामा मोरङका कृष्ण खवास

Sunday, 2 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

एलएन गच्छदार,
मोरंङ:=सानै देखि गायनमा रुची राख्ने कृष्ण खवास जी टिभीबाट सुरु हुने सारेगामापामा अडिसन दिन मुम्बई पुगेका छन। मोरंग जिल्लाको सुन्दरहरैंचा-२, पथरघट्टामा जन्मिएका उनि दुबैईमै बस्दा अनलाईबाट अडिसन दिएका थिए। 

अहिले उनि बुवासंगै मुम्बई पुग्दा सुन्दरहरैंचाको मात्र होइन राष्ट्रको सान नै बनिसकेका हुन्। कृष्णले भोलि अर्थात सेप्टेबर २ मा अडिसन दिदै छ। उनले वि.सं २०७० सालमा एनटिभी प्लसबाट प्रसारित कार्यक्रम नेपाल आइडलमा सेकेन्ड रनर अप भएपछी ओ माई लभ भन्ने पहिलो एल्बम निकालेका थिए भने म्युजिक भिडियोमा समेत आफै मोडलिङ् समेत गरेका छन्।

सन् २०१७ मा दुबई बस्दा उनि क्याम्पका च्याम्पमा तेस्रो स्थान समेत भएका थिए। इन्डियन आइडलमा समेत छनौट भएका उनि रासन कार्ड नभएको कारण सभागी हुन नपाउँदा दु:ख समेत पोखे। बाल्यकाल अवस्था देखि संघर्ष गर्दै आएका उनि गाउँघरमा हुने किर्तन भजनबाट प्रभावित हुदै बुवाआमाको प्रेरणाबाट आज यो उचाइमा पुगेको बताउछन। शिक्षामा अबल रहेका उनि मिर्गौलियाको लभ्ली एन्जलबाट अध्यन गर्दै महेन्द्र मोरंग बहुमुखी क्याम्पसबाट बीएस्सी गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu