चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै ÷ पसले चलचित्रमा स्वर दिए - गीत सहित

Monday, 13 November 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै ÷ पसले चलचित्रमा स्वर दिए - गीत सहित 
सन्तकुमार चौधरी 
चितवन २६, कार्तिक । गायक अमित सिंह चौधरीले नेपाली चलचित्र “पसले”मा स्वर दिएका छन् । पसले चलचित्र छायांकनको तयारीमा छ । यो चलचित्रमा उनले दुईवटा गीतमा स्वर दिएका छन् । आईलभ यू...भन आई लभ यु बोलको गीत सँगै अर्का एउटा थारु भाषाकै गीतमा उनले स्वर दिएका हुन । 
चलचित्रमा थारु समुदायको परिवेश समेत देखाईने भएकाले सोही अनुसारको गीतमा गायक चौधरीले स्वर दिएका हुन । हाई मोर पैरी... बनवामा नाचे मजोर रे बोलको गीतमा आवाज दिएका छन् । यो दुवै गीतको शब्द तथा संगीत स्वयम् गायक चौधरीले नै दिएका हुन । गायक चौधरीलाई गायिका समिक्षा चौधरी र सपना तामाङ, नारायणी चौधरीले साथ दिएका छन् । राजेन्द्रकुमार अर्यालले निर्देशन गर्ने चलचित्रको छायांकन चितवन लगायत थारु समुदायका बस्तीहरुमा समेत हुनेछ । नेपाली भाषामै बन्न लागेको चलचित्रमा थारु भाषाको गीत पनि समावेश गर्न लागिएको हो । चितवन सौराहा घर भएका गायक अमित सिंह चौधरीले यस अघि विवश, समय नामको चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् । त्यो बाहेक सानो पर्दाका दुईदर्जन बढी भाषाभाषीका चलचित्रहरुमा आवाज दिएर बेग्लै पहिचान बनाएका छन् । 
आफ्नो एकल स्लो एल्बमको तयारीमा समेत रहेका गायक चौधरीले पसले चलचित्रमा गाएको गीत अत्याधिकले मनपराउने विश्वास व्यक्त गरें । गीतका शव्दसँगै संगीत पनि उत्तीकै कर्णप्रीय बनेकाले यो गीत अत्याधिक दर्शक, स्रोताले मनपराई दिनेमा उनी ढुक्क छन् । थारुहरुको जितिया पर्व वा अन्य महत्वपूर्ण चाडपर्वको बेला थारुहरुको भेषभुषा लगायर हिन्दी गीतमा नाच्नेहरुका लागि पनि खुराक बन्नेमा उनी आशावादी छन् । मस्त नाच्न मिल्नेगरी गीत तयार भएकाले हिन्दी गीत विस्थापित गर्न आफ्नो गीतले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । यो गीत पहिलो पटक प्राइम ब्रोडकास्टीङ मिडिया प्रालिको अफिसियल पेजवाट सार्वजनिक गरिएको छ । ((०)))


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu