सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ । सुन्दरता प्राकृतिक हुँदा अझ त्यसले बढी लोभ्याउछ पनि भने अहिले यस्तै कम्बोडियन एक अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी क्वान(Denny Kwan)लाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ।
उनी माथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर कम्बोडियामा केहि भिन्न भएको छ । आवश्यकताभन्दा धेरै सुन्दरता कारण कम्बोडियन एक सुन्दरी समस्यामा परेकी छिन ।
कवानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्।
नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो। अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन– आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको बताएकी छिन्।
आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको भनाइ छ । तर अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने उनले बताएकी छिन् ।