राम अवतार चाैधरी,,
कपिलवस्तु:=लामाे समयकाे इतिहास बाेक्दै अाएकाे माघी महाेत्सव अाउन अझै लगभग डेढ साता बाँकी रहँदा जिल्लाकाे थारू समुदायमा राैनक बढेकाे छ ।
विभिन्न जातजाति, भाषाभाषी र कला सँस्कृति मध्ये थारू समुदाय पनि एक बेग्लै राेचक संस्कृति सहित पहिचान बाेक्दै अाएकाे र बनाउन भने सफलता हात पार्दै नअाईरहेकाे भने हाेईन् । थारूहरूले माघीलाई थारूहरूकाे विशेष पर्व र नयाँ बर्षकाे रूपमा पनि मनाउदै अाईरहेकाे थारू बस्तीमा पाईन्छ ।
माघीमा विशेष गरेर थारू समुदायमा मिठाे-मिठाे परिकार सहित ढिकरी तथा खिचडी पकाएर खाने र १ दिन पुस १ दिन माघमा बिहान नुहाएर चामलकाे टीका थाप्ने र अाफ्नाे मान्यजनहरूलाई ढाेग गर्ने चलन रहेकाे विद्यामान छ । विगतका हरेक बर्ष झैँ यस बर्ष पनि थारू समुदायकाे बहुलयता रहेकाे स्थानहरूमा माघी कसरी मनाउने भने चहलपहल बढेकाे छ । र कतिपय स्थानहरूमा त माघी महाेत्सव भव्य र सव्य तरिकाले थारूहरूको कला, संस्कृति, भेषभुषा, स्थानीय तथा राष्ट्रिय कलाकारहरूकाे प्रस्तुति सहित थारू गीत र नृत्य पहिचान जाेगाउन महाेत्सवकाे विभिन्न जिल्लाहरूमा तयारी भइरहेकाे छ ।
जिल्ला-जिल्लाकाे तयारी बढे् सँगै कपिलवस्तु जिल्लाको थारू कल्याणकारी सभाकाे हालै सम्पन्न भएकाे भेलाले यहि पुस २७, २८ र २९ गते थारू कल्याणकारी सभा भवन गाेरूसिङ्गेको प्रङ्गणमा हुने महाेत्सव भएकाे सञ्चारकर्मी श्रीनिवास चाैधरीले बताउनु भएकाे छ । त्यसैगरी जिल्लाकै हथाैसा स्थित मेलाकाे प्राङ्गणमा यहि माघ २, ३ र ४ गते ८अाैँ कपिलवस्तु माघी महाेत्सव हुने थारू पत्रकार संघ नेपाल शाखा अध्यक्ष श्याम सिटीले जानकारी गराउनु भएकाे साथै उक्त महाेत्सवकाे तयारी तिब्रा भइरहेकाे समेत बताउनु भएकाे छ ।
