हमार सनेश सहकर्मी ,,
ङ्वाङ नुरि शेर्पा,,
२०५४/४/२८ सिन्दुपल्चोक जिल्ला क्याङसिङ गाउँमा पिता नोर्बु शेर्पा र माता पासाङ बुटी शेर्पाको कोखबाट कान्छी छोरीको रुपमा जन्मेकी पेम्बी लामा शेर्पा सानै उमेर देखि गित संगितलाई एकदमै माया गर्थिन ।
सानै देखि गित संगितमा औंधि रुचि राख्ने पेम्बी लामा शेर्पा ठुलो भएर पनि गायन क्षेत्रमा लाग्छु गायिका बन्छु भन्ने सोचका साथ लागि परेकी थिइन ।झन अरु अरूको गित सुन्दा सुन्दै, गाउदा गाउदै उसको मनमा पनि गित,संगितको क्षेत्रमा जम्ने ठूलो इच्छा जागेर आयो।
सुनौलो भविष्य खोज्दै किर्गिसतान पुग्नु भएकि पेम्बी दुई दशक यताबाट गायन क्षेत्रमा प्रबेस गरेका हुन र उहाको पहिलो गीतियात्रा मेन्दोमाया तथा सेलो सब्द संगितकार शैलाप वाइबाको सब्द संगित रहेको
(कोही छ कि दौतारी)
भन्ने बोलको गितमा आफैले दिप तामाङको साथमा स्वर दिइ पहिलो गित रेकर्ड गरेर संगीतको यात्रा सुरु गरेकि हुन।
हाल उनी प्रवासको भुमिमा रहेतापनि उनले आफ्नो बचेको खाली समयलाई सदुपयोग गरि गित संगितमा नै ब्यस्त भएकी छ्न।(दोतारी ) भन्ने बोलको गित बाजारमा ल्याए लागतै उनले अर्को गित(हुरे हुरे च्याङबा बोलको गित बजारमा ल्याइन् पछिल्लो समयमा निकै चर्चा कमाउदै आएकि पेम्बी शेर्पाले फेरी अर्को गित बजारमा ल्याउने क्रममा रहेकी छिन ।उनले माथी माथी लेखाली पाखैमा भन्ने बोलको गित शैलाब वाइबाको संगित र आफ्नै सब्दमा किर्ति तामाङको साथमा स्वर दिई रहेकी छ्न। दर्शकहरूबाट राम्रो सल्लाह सुझाव आउने क्रम बढ्दै गए पछि उनलाई अझै संगित श्रेत्रमा बढी परिक्ष्रमको साथ अहिले आफ्नै स्वरमा विभिन्न गितहरु बजारमा ल्याउन पाउदा निकै खुसी भएको बताउछिन र केही दिन पछि फेरि उनले अर्को सेलो गित शैलाप वाइबाको साथमा भिडियो बजारमा ल्याउने तयारीमा रहेका छन्।
