बर्दियाको बढैयागाउँमा थारु साहित्यक मेला २०७४ आयोजना हुने

Wednesday, 27 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
बर्दिया:=थारु कला, साहित्य, संस्कृति संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते थारु साहित्यिक मेला २०७४ सञ्चालन हुने भएको छ । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बखेरी र कर्मशिल नेपालको संयोजनमा थारु साहित्यिक मेला सञ्चालन हुन लागेको हो ।
थारु साहित्यिक मेला २०७४ मुल आयोजक समितिले मगंलबार गुलरियामा पत्रकार सम्मेलन गरि थारु साहित्यिक मेला गर्नुको आबश्यकता उदेश्य तथा मेलामा हुने बहस, छलफल तथा अन्तर्कृया कार्यक्रमको बिषय बस्तुको बारेमा थारु लेखक संघका सदस्य शुशिल चौधरीले जानकारी गराएका थिए ।

तीन दिनसम्म सञ्चालन हुने साहित्यिक मेलामा थारु भाषा, साहित्य, कला संस्कृति प्रवर्धनमा ठूलो योगदान पुर्‍याउने, समकालनिन साहित्य, कला तथा संस्कृतिबारे बहस गर्ने, लेखक तथा श्रष्टाहरु र सरोकारवालाहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनमा मानकताको बिकास गर्ने, समाजको समविकास बारे वहस छोड्ने उदेश्यले कार्यक्रम गर्न लागेको जनाईएको छ ।

मेलामा थारु लोक साहित्य बारे चर्चा, समकालिन तथा थारु साहित्य र त्यसका प्रवृतिहरु, थारु लोक कला र दर्शनको एकदृष्य, थारु रंगमंचको बाटो (नाटक र चलचित्र) समिक्षात्मक टिप्पणी, थारु साहित्यमा महिला लेखकको खडेरी कीन, अबके गर्ने ?, बर्दिया बिकास बहस र बहुभाषिक वितावाचन चैनार महटान अंगना जस्ता छलफलका मुल बिषयवस्तुहरु रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको टिकाराम चौधरीले जनाएका छन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu