पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा.वीएम खरेल सम्मानित हुने

Thursday, 28 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सन्तकुमार चौधरी,,
पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई सम्मान गर्ने निर्णय भएको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. प्रमोद लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. बीएम खरेललाई सम्मान गर्ने निर्णय भएको हो ।
घाइते सन्जीत महतोलाई ४६ दिन सम्म हस्पिटलमा राखेर निशुल्क स्वास्थ्य उपचारसेवा दिएको भन्दै आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले दुवैजनालाई सम्मान गर्ने निर्णय गरेको हो । घाइते महतोलाई निशुल्क उपचार सेवा दिएर नयाँ जीवन दिएको भन्दै महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिले दोसल्ला सहित सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम छ ।

प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका अध्यक्ष एवम चितवन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको महोत्सव मुल समारोह समिति संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।सो अवसरमा आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले घाइते सन्जीत महतोलाई समेत नगदसहित सम्मान गर्ने तयारी गरेको छ । थरुहट आन्दोलनमा घाइते भएका महतोको योगदानको उच्च मूल्यांकन गर्दै नगद सहित सम्मान गर्ने निर्णय भएको प्रचार प्रसार समिति संयोजक कारी महतोले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले समेत सोही अवसरमा आर्थिक सहयोग हस्तान्तरण गर्ने जनाएको छ । घाइते सन्जीत महतो राहतकोषका लागि दक्षिण कोरियामा रहेको नेपालीहरुबाट सभाले आर्थिक संकलन गरेको थियो । पाँचौं खिचरा महोत्सव पुस २८ गतेदेखि माघ ८ गते सम्म चल्नेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu