थारु साहित्य मेला भाग ३, आगामी माघको पहिलो साता बर्दियाको बढैयातालमा हुने

Thursday, 28 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

वर्दिया:=थारु साहित्य मेला भाग ३, आगामी माघको पहिलो साता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकले निर्णय गरेको छ । मेला माघ महिनाको ४, ५ र ६ गते हुने जंग्रार साहित्यिकबखेरी, नेपालका केन्द्रियअध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो ।
थारु लेखक संघ नेपालको आयोजना र जंग्रार साहित्यिक बखेरीको मुल संयोजनमा हुने सो मेलाका जिम्मेवारी समेत बाँडफाँड गरिएको आयोजकले बताएको छ । बैठकमा आर्थिक ब्यबस्थापन तथा संकलन, अवधारणापत्र, साहित्यकारहरुको नामावली संकलन, संचार संयोजन तथा सहकार्य लगायतका मुलभुत बिषयहरुको निर्णय गरेको छ ।

थारु साहित्यलाई मुलभूतरुपमा केन्द्रित गरिएको सो मेलामा अन्य भाषाका साहित्यलाई पनि सम्मान हुने गरी बुहभाषिक कबिगोष्ठि समेत राख्ने अध्यक्ष डेमनडौराले बताउनुभयो ।


मेलालाई भब्यरुपले सम्पन्न गर्नकालागि दिपावलीको अवसरमा मेलाको मुलनारा तथा ब्यानरमा र जंग्रार साहित्यिक बखेरीको टिसर्टमा देउसी भैलो खेलेर आर्थिक संकलन गर्ने योजना बनाइएको आयोजकले जानकारी गराएको छ ।

थारु साहित्यलाई मुलभूतरुपमा केन्द्रित गरिएको सो मेलामा अन्य भाषाका साहित्यलाई पनि सम्मान हुने गरी बुहभाषिक कबिगोष्ठि समेत राख्ने अध्यक्ष डेमनडौराले बताउनुभयो ।सो अवसरमा लेखक तथा साहित्यकार सुशील चौधरीले हामीले चलाएको अभियान साँस्कृतिक र सामाजिक क्रान्तिका लागिहो । यो स्वयंसेवालाई पैसासँग तुलना गर्न नमिल्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो मेलामा बिभिन्न संघ संस्था, निजी क्षेत्र, ब्यापारी र ब्यक्तिबिशेषले पनि सहयोग र सहकार्य गर्नसक्ने बखेरीका संस्थापक सल्लाहकार सुशील चौधरीले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu