किरात लिम्बु समुदायको तथ्यगत इतिहासलाई अपव्याख्या गरेको भन्दै समाजवादी विद्यार्थीले जलाए कक्षा १२ को किताब

Wednesday, 27 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
धरान:=तिब्र समाचार संवाददाता, शिवहरी अर्याल द्वारा लिखित कक्षा १२ को ग्रामीण अर्थशास्त्र (RD) पुस्तकमा किरात लिम्बु समुदायको तथ्यगत इतिहासलाई अपव्याख्या गरेको भन्दै समाजवादी विद्द्यार्थी फोरम महेन्द्र बहुमुखी क्यापसको स्ववियु सभापति सरगम सागर चेमजोंग को नेतृत्वमा सांकेतिक हिसावले अगुवा बिद्द्यार्थी नेताहरुको उपस्थितिमा पुस्तक जलाइएको छ l

धरानको भानुचोकमा समाजवादी विद्द्यार्थी फोरम र लिम्बु बिद्द्यार्थी मंच ले सामुहिक ढंग बाट विरोध जनाएको सभापति  चेमजोंग ले बताएका छन् l ‘किपट भुमि’ नामक शिर्षक लाई लेखक अर्याल ले बनि बनाउ हिसाव बाट अपव्याख्या गरेको र इतिहासलाई उल्टो गति बाट व्याख्या गरेर बिद्द्यार्थिहरुलाई भ्रम सृजना गर्न खोजेको बिद्द्यार्थी नेताहरुको आरोप छ l

के लेखिएको छ त पुस्तकमा ?

किपट भुमि – नेपाल सरकारले राजा प्रतापसिंह शाहा को पालामा सिक्किम सरकार द्वारा सताइएको लिम्बुहरुलाई नेपालको पहाडी भागमा प्रवेश दिएर सुरक्षा प्रदान गरेको पाइन्छ l लिम्बु नायकहरु नेपाल राज्यमा सम्मिलित हुन् आए, पूर्वी भूभागमा लिम्बुहरुको जग्गा उनीहरुकै नाममा दर्ता गरि जगाको तिरो भिरो गर्न नपर्ने ब्यावस्था गरियो l यस्तो जग्गालाई किपट भनिन्छ l

सभापति चेमजोंग का अनुसार राजा प्रतापसिंह शाहा को बाजे बराजु आउनु पुर्व किरातीहरु नेपाल भन्ने देशमा उत्पति भै आफ्नो शासन सत्ता स्थापित गरेको जाति समुदायलाई सिक्किम सरकार द्वारा प्रताडित भै नेपाल छिरेको र प्रतापसिंह शाह ले सरण दिएको भनेर गलत व्याख्या गर्नु भनेको मुलुकमा द्वन्द निम्त्याउनु र आम बिद्द्यार्थीहरुको सिकाईमा तुसारापात गर्नु हो, थप सन्दर्भ जोड्दै सभापति चेमजोंग ले यदि यो सांकेतिक विरोधलाई ठट्टा को रुपमा सम्बन्धित निकायले लिए देश ब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् l
लेखक अर्यालले किरात समुदाय र तमाम विद्द्यार्थी बिचमा गएर हात जोडेर माफी माग्नु पर्ने जोडदार माग गरेका छन् संगै उहाले क्षतिपुर्तिको पनि माग राखेका छन् l चेम्जोंग् ले भने यदि यो षडयन्त्र समयमै नसच्याए हामि जस्तो सुकै कदम चाल्न बाध्य हुने छौ l

 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu