हमार सनेश सहकर्मी,
कुलदिप चौधरी,,
सुनसरिको रामधुनी झुम्कामा रेडियो रामधुनि लोकप्रिय बन्दै गएको छ । रेडियो रामधुनी ९१.९ मेहर्जले ग्रामीण भेकमा संचार सूचना र मनोरञ्जनको प्रतिबिम्बको स्रोत बन्दै बिहिवार आफ्नो पाचौं साधारण सभा सम्पन्न गरेको हो।
प्रयास सूचना सञ्चार सहकारी संस्था लि.ले बिधिबत रुपमा २०६९/५/२६गतेका दिन स्थापना गरि जन्ता माझ सुचना र संचारको पहुच बढाउन विभिन्न उतारचढावलाई पार गर्दै जनमानसमा लोक प्रिय बनेका छन।प्रारम्भिक सस्थापक सदस्य सख्या २६ रहेतापनी सबैको आकर्षन सो प्रतिबिम्बमा पुगदा हाल सदस्य सख्या ५४ पुगि सेयर पूंजी १६,९१,०००अक्षेरपि सोरह लाख एकानव्वे हजार पुगेको छ । संचालक समितिका अध्यक्ष राम कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर प्रमुख जय प्र. चौधरीले कार्यक्रम लाई सम्बोधन गर्दै यस धार्मिक स्थल रामका धुनिलाइ संसारमा परिचीत गराउन यश रामधुनी एफ एमको महत्त्वपूर्ण योगदान रहेको छ । यश पबित्र स्थललाइ धार्मिक प्रटकय स्थल बनाउन हामी बाट कुनै कसर न रहने बताउनु भयो। यसैगरी बिशिस्ट अतिथि उपमेयर सबिना चौधरीले कार्यक्रममा बोलदै आजको दिनमा रामधुनी एफएमले ग्रामीण भेकमा घाँस दाउरा चुला चौका गर्ने सम्पुर्ण दाजु भाइ दिदिबहिनीहरुलाइ सूचना संचार मनोरञ्जन मार्फत चेतना फैलाएको छ बताउनु भयो ।
यसै गरि कार्यक्रममा वडा अध्यक्ष,समाज सेबि शेयर सदस्यहरुले पनि संचारको महत्त्व बारे प्रष्टयाएका थिए।कार्यक्रममा थारु पत्रकार संघ नेपालको केन्द्रिय सदस्य कुलदिप चौधरी , फोनिजका जि.अध्यक्ष धिरेन्द्र चौधरी लगायतले राष्ट्रिय र समाज निर्माणमा संचारको महत्वोपुर्ण योगदान रहेको कुराहरु प्रष्टयाउदै अबको दिनहारुमा यो रेडियोले उतर उतर प्रगति गरौंस शुभकामना समेत दिनु भएको थियो।
कार्यक्रममा संस्थाको प्रतिबेदन नाफा नोकसान सभाका अध्यक्ष राम कुमार चौधरीले पढेर सुनाउनु भएको थियो भने रेडियो लाई सरोकारबालहरुको इकछा नुरुप अझ चेतना मुलक शिक्षा मुलक कार्यक्रम थपने या घटाउने भाबी योजनाहरु, सस्थाका समस्याहरु बारे स्टेशन मेनेजर नवीन चौधरीले सुनाएर धन्यवाद दिएको कार्यक्रम संयोजक शुनिल चौधरी जानकारी दिनु भयो।
