मलेसियामा इतिहासमै पहिलो चोटि थारुहरुले भब्यताका साथ मनाए माघी महोत्सव

Tuesday, 16 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
सुन्दर आले मगर,,
मलेसिया:=मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाजले थारु माघी महोत्सव तथा वार्षिक उत्सव भव्यताको साथ मनाएको छ ।
पीडितहरु थारुहरुको सहयोगार्थको लागि आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री जनकराज चौधरी ज्यू रहनु भएको थियो भने विशेष अतिथीमा नेपाली दुतावासका महामहिम राजदुत डा. निरन्जनमान सिंह वस्न्यात ज्यू रहनु भएको थियो । समाजका अध्यक्ष मनिराम चौधरिको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघीय मामिला तथा स्थानिय बिकास राज्य मन्त्री जनकराज चौधरी र विशेष अतिथि नेपाली राजदुतावास मलेसियाका महामहिम राजदुत डा.निरन्जनमान सिंह बस्नेतले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भयो ।

कार्यक्रममा अतिथिहरु एनआरएनएका महासचिव सुन्दर आले, एनआरएनएका पुर्ब अध्यक्ष तथा हाल केन्द्रय सल्लाहकार शंकर बहदुर पौडेल, कान्तिपुर दैनिकीका मलेसिया प्रतिनिधि रामचन्द्र गिरी, अनलाइन खबर साथै पिएनसिसिका प्रतिनिधि रामचन्द्र नेपाल, जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा, गायक फुर्बा तेम्बा शेर्पा, किरात राई यायोखा प्रतिनिधि भिम बानु किराँती, नेपाल मगर संघ मलेसियाका रमेश थापा मगर, नेपाली कांग्रेस जनसम्पर्क समिती मलेसियाका महामन्त्री योगेन्द्र कोइरला, विश्व शेर्पा महासंघ एसिया प्यासिफिकका प्रतिनिधि नुरि शेर्पा, त्यस्तै गरी शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जि शेर्पा, सुनुवार सेवा समाजका सदस्य र अन्य धेरै संघ सस्थाहरुबाट प्रतिनिधिहरुको उपस्थित रहेको थियो । थारु समुदायले माघी पर्बमा खाने विभिन्न प्रकारका परिकारहरु समाबेश गर्नुको साथै सबैले परिकारहरुको स्वाद लिने मौका पाउनु भएको थियो । कार्यक्रममा भरपुर मनोरंजन दिलाउनका लागि मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहनु हुने नेपाली कलाकारहरु र नेपालमा थारु समुदायबाट कालाकारिता क्षेत्रमा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाई सक्नु भएका कलाकारहरु अन्जु कुश्मी र राज कुश्मीको प्रस्तुतीले उपस्थित सबैलाई भरपुर मनोरंजन दिएका थिए ।

कार्यक्रममा एनआरएनका संरक्षक शंकर पौडेल, महासचिव सुन्दर आले, पत्रकार रामचन्द्र गिरी, जनजाति महासंघका पिटि शेर्पा, मगर समाजका रमेश थापा मगर, नेपाल काग्रेसमा योगेन्द्र लगाएतले महोत्सको अवसरमा शुभकामना मनतव्य दिनु भएको थियो । त्यस्तै गरी नेपाली दुतावासका महामहिम राजदुत डा. निरञ्जनमान सिंह वस्न्यात ज्यूले मलेसियामा समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने वताउँनु भयो । प्रमुख अतिथी ज्यूले प्रदेशमा आफ्नो चार्डपवहरु मनाउँन पाउँदा खुशी व्यक्त गर्नु भयो । यति धेरै नेपालीहरु रहेको ठाउँमा दुतावासको आफ्नै भवन नहुनुमा दुःख व्यक्त व्यक्त गर्दै छिट्टै आफ्नै भवनको लागि पहल गर्नु पर्ने र मलेसियामा जति पनि संघ संस्थाहरु छन् उक्त संस्थामा समृद्ध नेपालको परिकल्पनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो।

त्यस्तै गरी जति पनि नेपाली युवाहरु विदेश पलाएन हुने अवस्था छ नेपालले यस्को अत्य गर्नु पर्ने र नेपालको पानीलाई जलविधुतमा र कृषिलाई उद्योेगमा परिणत गर्नु पर्ने, पर्यटनमा विकाश गरेमा छिट्टै नेपाल समृद्ध हुने र नेपालीले नेपालमै रोजगार पाउँनेमा पक्का रहेको वताउँनु भयो।
आरपि चौधरीले सञ्चालन गरेका यस् थारु माघी महोत्सव कार्यक्रमको संयोजक थारु समाज मलेसियाका पुर्व संस्थापक अध्यक्ष तथा थारु पत्रकार आरएन चौधरी थारु रहेका थिए ।
अन्तमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका सहयोगी ब्यक्तित्वहरु लाई मलेसियामा रहेर थारु समाजका लागि योगदान गर्नु भएका व्यक्तिहरुलाई प्रमुख अतिथि माननिय राज्यमन्त्री जनकराज चौधरीले सम्मानपत्र र खादा लगाई सम्मान गर्नु भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu