आज सोनाम ल्होसार मनाउदैनौ:- नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले

Thursday, 18 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष औपचारिक कार्यक्रम गरी नमनाउने भएका छन् । सोनाम ल्होथो अर्थात सोनाम कृषि चन्द्रपात्रो अनुसार आजभन्दा ठीक १ महिनापछि फागुन ४ गते मात्रै ल्हो फेरिने भएकोले आज नमनाइने तामाङ समुदायका संघसंस्थाका अगुवाले जनाएका छन्।
सरकारले भने आजै सोनाम ल्होछारको सार्वजनिक विदा दिएको छ । नेपाल तामाङ घेदुङलगायत विभिन्न १ सयभन्दा बढी संघसंस्थाले यसअघि नै सरकारले दिएको सार्वजनिक विदा सार्न अनुरोध गरेपनि त्यसको सुनुवाइ नहुनु दुःखद भन्दै एक महिनापछि मात्रै मनाउने जनाएका छन् ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोललेे सोनाम ल्होछारको विदा आज दिएपनि ल्होछार भने योपटक मलमासले गर्दा एक महिनापछि ग्याल्बो ल्होछारसँगै परेकाले त्यसदिन मात्रै मान्ने बताए ।
हृ्योल्मो, घलेलगायतका हिमाली भेगमा बसोबास गर्ने समुदायले भने आजै ल्होछार मनाउने जनाएका छन् । मञ्जुश्री पात्रोअनुसार यो वर्ष चरा वर्ष पूरा गरी कुकुर वर्षमा प्रवेश हुँदैछ । 

एक वर्षमा एक ल्हो मानि १२ वर्षमा १२ वटा जनावरको नाममा चक्र पूरा हुने पम्परा छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गर्ने परम्परा रहेको खेन्पो सोनाम ग्युर्मीले जानकारी दिए । स्रोत : अनलाइन खबर 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu