हमार सनेश सहकर्मी,,
काठमाडौं:=तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व बिहीबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहेका सम्पूर्णकुमार लामाले जानकारी दिए।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। यसअवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेशभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ।
त्यसै गरि मलेसियामा पनि बसोबास गर्ने तामाङहरुले ल्होसार पर्वको अवसर पारेर ल्होसार सान्स्कृतिक धमाका -३ आयोजना हुने भएका छ्न।आउदो महिना फेब्रुअरी १७ तारिख शनिबारको दिन कलर्टन स्टार होटेल सेरेम्बानमा रमाइलो रेष्टुरेन्ट,ग्यान्चेप्स रेष्टुरेन्ट ,फुलबारी रेष्टुरेन्टको प्रमुख आयोजनामा " विश्व भरी छरिएर रहेका तामाङहरु एक होउ ,आफ्नो रिस ठिम आफै बनाऔ " भन्ने मुल नाराको साथ आयोजना हुन लागेको शम्भु मोक्तान तामाङले जानकारी गराउनु भयो।
यस् कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन अतिथि कलाकारको रुपमा नेपाल बाट सेलोपप गायक सविन घिसिङ आउने र यहाँ रहेका चर्चित स्थानीय कलाकारहरुको पनि बेजोड नृत्य तथा गायन प्रस्तुति रहने जानकारी गराउनु भयो।
कार्यक्रमको सहयोगीमा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया,युवराज पौडेल ,मोहम्मद असफाक सेख रहेका छ्न भने मिडिया पार्टनरमा हमार सनेश डटकम,थरुहट ड्टकम,दर्पन नेपाल,नयाँ अनलाइन,मजदुर अनलाइन लगायतको रहेका छ्न।
नोट:-माथिको जानकारी राससको सहयोगमा त्यार पारिएको हो ।
