भगतराम चौधरी,,
नेपालगञ्ज,:-थारु गायकको नामले चर्चामा रहेका विश्वसागर परियारको फेरि नयाँ डिजे गीत सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीत सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो सार्वजनिक गर्दै आउनुभएको छ । थारु गीतका कुशल गायककारुपमा पछिल्लो समयमा बजारमा आएको उहाँको थारु डिजे गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीतको अडियो निकै चर्चामा छ ।

अडियो गितले नै बजारमा हंगामा मचाएको हुनाले भिडियो गीतले पनि उत्तिकै हंगामा मचाउने आश रहेको गायक विश्व सागरले बताउनु भयो । यो गीतको लय शब्दमा आर.के.सी म्युजिक प्रा.ली बाट बजारमा ल्याईएको गीतको प्रस्तुतकर्ता सुमन चौधरी रहनुभएको छ ।
गीतमा विश्व सागर र सुमन चौधरीको स्वर रहेको छ । शब्द सुखलाल चौधरी तथा सङ्गीत विश्व सागरकै रहेको छ ।
थारु युवायुवतीहरुको मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको सो गीतले थुप्रै थारुयुवा युवतीहरुको मन तानीने आश रहेको गायक परियारले बताउनुभयो । थारु जाति एक आफ्नै रीतिरिवाज, संस्कृति भएको जाति हो । जसको आफ्नै इतिहास छ ।
नेपालमा रहेका विभिन्न भाषाभाषीको आफ्नै आफ्नै भाषाका गीत सङगीत बजारमा आउनेक्रम बढेको छ । आफ्नो रीतिरिवाज संरक्षण गर्ने हेतुले पछिल्लो पुस्ता अगाडि बढेको देखिन्छ । थारु भाषामा विभिन्न गीतहरु बजारमा आउनेक्रम जारी नै छ ।पछिल्लो समय केही गर्ने उद्देश्यकासाथ अगाडि बढेका विश्व सागरको थारु भाषाको गीत बजारमा आएको छ । गीतको बोल रुप रंगके रानी रहेको छ । गीतमा विश्व सागर र सुमन चौधरीको स्वर रहेको छ । शब्द सुखलाल चौधरी तथा सङ्गीत विश्व सागरकै रहेको छ ।
गीतको भिडियोमा आकाश चौधरी र शिशिर कंडेलको अभिनय रहेको छ भने गीतलाई सम्पादन रामु चौधरी तथा गीतको निर्देशन प्रदिप थारुले गर्नुभएको छ ।