मलेसियामा हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड आयोजना हुने

Thursday, 18 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर — नेपाली गीत संगीत क्षेत्रमा क्रियाशिल विभिन्न कलाकार एवं संगीतप्रेमीहरुलाई सम्मान गर्न मलेसियामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७’ कार्यक्रम आयोजना हुने भएको छ ।
संगीत प्रबर्द्धनको क्षेत्रमा काम गर्दै आएको हिमालयन इन्टरटेन्मेन्ट ग्रुप प्रालिले चिनियाँ नयाँ बर्षको अवसरमा आगामी फेब्रुवरी १६ मा उक्त कार्यक्रम गर्ने तयारी गरेको हो। उक्त कार्यक्रमबारे जानकारी दिन बुधबार क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका मार्केटिङ म्यानेजर एवं कार्यक्रम संयोजक राम रेप्चोङले उक्त जानकारी दिए। कलाकारको कलाको सम्बर्द्धन एवं यस क्षेत्रको व्यवसायिक विकासमा हौसला दिन यस कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।
उनका अनुसार नेपालबाट नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल एवं यसको प्रबर्द्धनमा योगदान दिने विभिन्न कलाकार एवं संगीतप्रेमीहरु सहभागी हुनेछन्। उनीहरु १८ विभिन्न विधामा अवार्ड प्राप्त गर्नेछन्।

‘हाल प्राप्त निवेदनहरुमध्ये अवार्डका लागि विभिन्न विधामा एसएमएस–भोटिङको काम भइरहेको छ’ रेप्चोङले भने ‘भोटिङपछि हामी छनौटतर्फ लाग्नेछौं। त्यसका आधारमा झण्डै डेढ दर्जन कलाकार र यस क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु अवार्ड कार्यक्रमका लागि मलेसिया आउनुहुनेछ।’
आयोजकले फेब्रुवरी १७ मा मलेसियाको जोहोबारु क्षेत्रमा दिमालुङ कन्सर्टसमेत गर्ने तयारी गरेका छन्। अवार्ड कार्यक्रम क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजना गर्ने आयोजकहरुको तयारी छ
(आर सि गिरि/कान्तिपुर)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu