हमार सनेश सहकर्मी,
एल एन गच्छदार,,
थारु समुदायका सुमधुर स्वरका धनि आर.सी.चौधरी र भिभास चौधरीको पहिलो थारु गीति एल्बम हमर दिल एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । उत्थान थारु महिला समाजले आयोजना गरेको रामधुनी नगरपालिका -१, झुम्कामा भईरहेको तिला संक्रान्ति तथा दोस्रो माघी महोत्सव २०७२ मा एक कार्यक्रम बीच बिमोचन समारोह गरिएको थियो । महोत्सवको पाचौं दिन अर्थात माघ ४ गते भएको सो एल्बम बिमोचन कार्यक्रममा रामधुनी वडा न. १ का वडा प्रमुख महेश चौधरी, उत्थानकि अध्यक्ष सिता चौधरी, महोत्सवका संयोजक आसा चौधरी र थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले संयुक्त रुपमा सो एल्बमको बिमोजन गरेका हुन् ।
सो आधुनिक थारु एलबममा ६ वटा गित समावेश गरिएको छ भने शब्द,रचना,स्वर भिभास चौधरी र आर.सी.चौधरीको रहेको छ ।साथै गायिका सुनीरा चौधरी र अनुमा चौधरीले समेत स्वर दिएकी छिन् । हमर दिलमा एल्बममा थारु मोडेल सबिता चौधरीलाई समेत मोड्लिंगमा देख्न पाइने भएको छ ।बिमोचन पश्चात आरसी र भिभसले दर्शक र अथितिलाई नचाए भने प्रेमजोडीलाई भाबुक र मार्मिक समेत बनाए। त्यसै गरि अनुमा र आरसीको गायन जोडीले दर्शक उत्साहित देखिन्थे भने देवकृष्ण र निकिता मण्डलले “तोर लागि लेवु जनम” बोलको गित प्रस्तुतीबाट सबैलाई भावुक बनाए । थारु युवा समुह बलाहाले आकर्षण नृत्य प्रस्तुतिबाट स्टेज तताएको थियो ।
आजको आकर्षण उक्त महोत्सवमा सुमधुर स्वरका धनि राष्ट्रिय कलाकार प्रवल्दिप विश्वास र नयाँ युवा पुस्ताका गायक रेन चौधरी र कारण चौधरीको प्रस्तुति रहने छ भने समापनको दिन महोत्सवले थारु गायन प्रतियोगिता तथा रामधुनी आइडल गर्ने जानकारी आयोजक थारु महिला उत्थान समाजकि अध्यक्ष सिता चौधरीले जनाएको छ ।