बारा र पर्सा बन्दले जनजीवन प्रभावित

Friday, 19 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
बिरगंज:=सरकारले हिजो तोकेको प्रदेश राजधानीले पुन बन्दको सामना जनताले गर्नुपरेको छ । बिरजंग प्रदेश राजधानी बनाइनुपर्ने माग गर्दै  पुष २१ गतेदेखि अनसनरत बिरजंगवासी जनकपुर २ नम्बर प्रदेशको राजधानी नमान्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सरकारले २ नम्बर प्रदेशको राजधानी तोकिदिए संगै बारा र पर्सा बन्द गरिएको छ ।हिजो बिहानैदेखि बारा र पर्साका जनता सडकमा देखिएका छन् । सवारी साधन ठप्प पारिएका छन्, बजार बन्द गरी व्यवशायीहरु समेत  आन्दोलनमा उत्रिएका छन् ।

हामीले बिरगंजलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै पुस २१ गतेदेखि आन्दोलनमा थियौं तर सरकारले केहि सुनेन बरु झनै हाम्रो कुरा उल्ट्याई दियो त्यसैले हामी नचाहदा नचाहदै बन्दको कार्यक्रम गर्नुपरेको थारु विद्यार्थी समाजका महासचिव बिकाश चौधरीले जानकारी गराउनु भयो।हिजो सम्म सवारीसाधन र बजार बन्द गर्दै आइरहेको छौँ आज देखि सम्पूर्ण कलकारखाना, बजार, यातायातका साधन बन्द गर्छौ चौधरीले भने ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu