झुम्का बजारमा आयोजना हुने माघी महोत्सवको तयारी पुरा

Wednesday, 3 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुकदेब चौधरी,
सुनसरीको रामधुनी नगरपालिका १ स्थित झुम्का बजारमा आगामी पुस २१ गते देखि हुन गई रहेको माघी महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।थारु महिला सभाको आयोजनामा हुन गई रहेको माघी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा मुल समितिकी संयोजक सीता चौधरीले जानकारी गराइन ।
थारु कला  संस्कृतिको विकास, पहिचान, परम्परा, प्रथा तथा पर्वको जगेर्ना गरी भावी पीढिलाई निरन्तरता कायम गरी एकता र सदभाव कायम गराउने उद्देश्यका साथ शुरु हुने महोत्सव कार्यक्रम सभ्य र भव्य सामूहिक रुपमा मनाउन लागेको समेत संयोजक चौधरीले बताइन।
महोत्सवको महत्व र औचित्य माथि प्रकाश पार्दै थारु कल्याणकारीणी सभाका केन्द्रिय सल्लाहकार तथा थारु कानून व्यवसायी संघका अध्यक्ष रामराज चौधरीले थारुहरुले पौराणीक काल देखि नै माघी पर्व मनाउँदै आएको जानकारी दिनुभयो ।आदिवासी थारु समूदायले हिउँदे बाली घर भित्राइ सकेपछि नयाँ वर्षको रुपमा संगै बसेर शुभकामना आदानप्रदान गर्नका लागि यो पर्वमा मनाउने गरिन्छ भने माघीमा शरिर न्यानो राख्नका लागि चाहिने विभिन्न प्रकारका खानेकुराका परिकार बनाई घरघर मै मनाउने गरे पनि पछिल्लो समयमा सामूहिक रुपमा मनाउन महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी  थारु समूदायको ऐतिहासिक कला संस्कृति पहिचान, पहिरण तथा भेषभुषा संरक्षण संवद्र्धन र भावि पुस्तालाई हस्तान्तरणका लागि सामूहिक तथा संगठित रुपमा माघी महोत्सव मनाउन लागेको थारु महिला सभाकी जिल्ला अध्यक्ष सुशिला चौधरीले बताइन ।सोही कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय पार्षद केसीलाल चौधरीले सुनसरी जिल्ला लगायत सप्तरी, मोरङ, झापा समेतमा  बसोबास गर्ने थारुहरुलाई संगिठत रुपमा संस्कृतिको संरक्षण र जगेर्ना गर्नको लागि माघी महोत्सव मनाउनु पर्ने बताउनु भयो ।माघी महोत्सव कार्यक्रममा थारु आदिवासीको भेषभूषामा झाँकी ¥याली निकाली झुम्का बजार परिक्रमा, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रतुती, थारु भेषभुषाको प्रदर्शन, पौराणीक धुम्रानाच, थारु भाषाको गीत नृत्य, जातिय खानेकुराहरुको प्रदर्शन, मनोरञ्जनका लागि रोटेपिङ्ग, कोलम बस, ब्रेक डान्स, ड्रायगन खेल लगायतका आकर्षक खेल हुने जनाइएको छ । महोत्सवमा १० भन्दा बढी जातिय परिकार तथा कला संस्कृति सहितका इस्टल राखिने आयोजकले जनाएको छ ।

उक्त महोत्सव आगामी  पुस २१ गते देखि ३० गते सम्म संचालन हुनेछ भने महोत्सवको उदघाटन माननिय उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गर्नु हुने भएको छ ।
होत्सवमा प्रमुख वक्ताहरुको रुपमा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, भूमी सुधार मन्त्री गोपाल दहित तथा थारु युवा नेता नुनुराम चौधरी लगायतले मन्तव्य राख्नु हुने कार्यक्रम रहेको जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu